काठमाडौं। बंगलादेशविरूद्ध मैत्रीपूर्ण खेलको तयारीमा जुटेको नेपाली राष्ट्रिय फुटबल टीमका पाँच खेलाडीको कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ आएको छ।
बंगलादेशविरूद्ध दुई मैत्रीपूर्ण खेलका लागि एन्फाले बिहीबारबाट ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो। ३४ मध्ये पाँच खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएको हो।
चार खेलाडीको बुधबार नै नतिजा पोजिटिभ आएको थियो। त्यसपछि थप पाँच जनाको पुनः स्वाब परीक्षणका लागि लगिएको थियो। पाँचमध्ये अर्को एक जनाको पनि कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ आएको टीम व्यवस्थापक मधुसुधन उपाध्यायले बताए।
पाँचै जना खेलाडी अहिले सेल्फ आइसोलेसनमा बसिरहेका छन्। खेल कात्तिक २८ र मंसिर २ मा हुने भएका कारण पाँचै खेलाडीले बंगलादेश भ्रमण गुमाउने सम्भावना प्रबल छ। राष्ट्रिय टीमका व्यवस्थापक उपाध्यायले खेलाडीको नाम भने बताउन चाहेनन्।
‘‘खेलाडीको चाहना नभएका कारण हामीले अहिले नाम सार्वजनिक नगरेका हौं,’’ उपाध्यायले देखापढीसँग भने।
प्रमुख प्रशिक्षक योहान कालीन उनको घर स्वीडेनमै भएका कारण एन्फाले मैत्रीपूर्ण खेलका लागि प्रशिक्षणको जिम्मेवारी बालगोपाल महर्जनलाई दिएको छ। महर्जनले यसअघि पनि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाली सकेका छन्।
उनकै प्रशिक्षणमा नेपालले बंगलादेशमा २०१८ को साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो। महर्जनकै प्रशिक्षणमा नेपाल यू–२३ टोलीले गत वर्ष १३औं दक्षिण एसीयाली खेलकुदमा स्वर्ण पदक जितेको थियो।
व्यवस्थापक उपाध्यायले पाँच खेलाडी अनुपस्थित भएपछि उनीहरूको स्थानमा खेलाडी थप्ने नथप्नेबारे केही निर्णय नभएको बताए। उनले शुक्रबार टीम मिटिङपछि मात्र यसबारे निर्णय हुने बताए।
यसअघि राष्ट्रिय टीमको प्रशिक्षणमा बोलाइएका एरिक विष्टको कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ आएको थियो। त्यतिबेला फिफा विश्वकपको एसियाली छनोटका लागि खेलाडीलाई प्रशिक्षणमा बोलाइएको थियो। तर एएफसीले छनोट खेल स्थगित गरेपछि खेलाडी प्रशिक्षणविना नै घर फर्किएका थिए।
नेपालमा कोभिड–१९ संक्रमण देखिएपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको यो पहिलो हो।
" /> काठमाडौं। बंगलादेशविरूद्ध मैत्रीपूर्ण खेलको तयारीमा जुटेको नेपाली राष्ट्रिय फुटबल टीमका पाँच खेलाडीको कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ आएको छ।बंगलादेशविरूद्ध दुई मैत्रीपूर्ण खेलका लागि एन्फाले बिहीबारबाट ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो। ३४ मध्ये पाँच खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएको हो।

">