काठमाडौं। काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १९,६७८ पुगेको छ। यो सङ्ख्या देशभरकै सक्रिय सङ्क्रमितको करिब आधा हो।
देशभर आज सक्रिय सङ्क्रमित सङ्ख्या ३९,६४३ रहेको छ। देशभरका सक्रिय सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामै मात्र ४९.६४ प्रतिशत रहेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल काठमाडौँ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६,२०१ छ भने ललितपुरमा २,३९८ र भक्तपुरमा १,०७९ रहेको छ।
सक्रिय सङ्क्रमितमध्ये काठमाडौँमा १०,५०१ जना होम आइसोलेनसमा छन्। ललितपुरमा २,३६२ जना र भक्तपुरमा १,७१९ जना कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा रहेको जनाइएको छ।
काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमणको अवस्था
काठमाडौंमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा आजसम्म २०२ जनाले, भक्तपुरमा ५९ जनाले र ललितपुरमा ५८ जनाले ज्यान गुमाइसकेका छन्।
निको हुनेको सङ्ख्या पनि काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सर्वाधिक ४१ हजार ४९३ जना रहेका छन्। त्यस्तै, ललितपुरमा ५,७१४ जनाले र भक्तपुरमा २,२८४ जनाले कोरोनालाई जितेका छन्।
देशभर आज १,९५४ जनामा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या १ लाख ६२ हजार ३५४ पुगेको छ। यसमध्ये काठमाडौँमा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या ५७ हजार ८९६ पुगेको छ। ललितपुरमा हालसम्म ८,१७० मा र भक्तपुरमा ५,४२२ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
काठमाडौं उपत्यकामा आजसम्म जम्मा ७१ हजार ४८८ जनामा सङ्क्रमण देखिएको छ। यो देशभरको आजसम्मको कूल सङ्क्रमित सङ्ख्याको ४४.०३ प्रतिशत हो।