काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) सम्बन्धमा जानकारी दिन प्रत्येक दिन आयोजना गर्दै आएको प्रेस ब्रिफिङ अब हप्ताको दुई दिन मात्र हुने भएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब प्रत्येक आइतबार र बुधबार गरी हप्ताको दुई दिन प्रेस ब्रिफिङ हुने जानकारी दिए। उक्त ब्रिफिङ नियमित समय ४:१५ बजे हुनेछ।
उनका अनुसार कोरोना संक्रमणबारे दैनिक तथ्यांक तथा जानकारी मन्त्रालयको वेबसाइट र मोबाइल एपबाट प्रत्येक दिन ४:३० बजे अपडेट गरिने जानकारी दिए।
यसअघि मन्त्रालयले दसैंको अवसरमा पाँच दिन प्रेस ब्रिफिङ स्थगित गरेको थियो।
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) सम्बन्धमा जानकारी दिन प्रत्येक दिन आयोजना गर्दै आएको प्रेस ब्रिफिङ अब हप्ताको दुई दिन मात्र हुने भएको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब प्रत्येक आइतबार र बुधबार गरी हप्ताको दुई दिन प्रेस ब्रिफिङ हुने जानकारी दिए। उक्त ब्रिफिङ नियमित समय ४:१५ बजे हुनेछ।

">