काठमाडौं उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण <p>काठमाडौं। काठमाडौं उपत्यकामा आज ८४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।&nbsp;</p> <p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको जानकारी दिएको छ।</p> <p>आज थपिएका संक्रमितमध्ये काठमाडौंका ६९६, भक्तपुरका २९ र ललितपुरका ११८ जना रहेका छन्।</p> <p>गत २४ घण्टामा देशभर थप एक हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्