बागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण
झापा। बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ।

उनले मंगलबार पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

उनी प्रदेश प्रमुखको कार्यालय हेटौंडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर आएका थिए।

विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनकाे भनाइ छ।

हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्