भारतमा कोरोनाका कुल संक्रमित संख्या ८० लाख नजिक
<p style="text-align: justify;">काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९६५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ कोभिड-१९ का कारण ५१९ जनाको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७९ लाख ८८ हजार ८५३ पुगेको छ। तीमध्ये हालसम्म एक लाख २० हजार ५४ जनाले ज्यान गुमाएका छन्। </p>
<p style="text-align: justify;">भारतमा ७२ लाख ५७ हजार १९४ जना संक्रमणमुक्त भएका छन्। अहिले त्यहाँ छ लाख ११ हजार ६०५ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्। </p>