५७० नयाँ कोरोना संक्रमित थपिए <p>काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ५७० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।</p> <p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटमा राखिएको तथ्याङ्कअनुसार गत २४ घण्टामा २७२५ जनाको पिसिआर परीक्षण गरिएको थियो।</p> <p>यसमध्ये ५७० जनाको नतिजा पोजिटिभ आएको हो। योसँगै हालसम्म नेपालमा कूल संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्