लुम्बिनी। बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको आज मृत्यु भएको छ।
रुपन्देही, तिलोत्तमा नगरपालिका-११ की ५० वर्षीया महिलाको गएराति ८:१७ बजे र बुटवल उपमहानगरपालिका- १३ का ५२ वर्षीय पुरुषको आज बिहान करिब ६ बजे निधन भएको हो।
महिलामा उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनलाई हिजो संक्रमण पुष्टि भएर अस्पताल भर्ना गरिएको थियो।
बुटवलका पुरुषको यही ७ कात्तिकमा रिपोर्ट पोजिटिभ आएको थियो। त्यही दिन अस्पताल भर्ना भएका उनको पनि उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएको अस्पतालले जनाएको छ। रासस
" /> लुम्बिनी। बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको आज मृत्यु भएको छ।रुपन्देही, तिलोत्तमा नगरपालिका-११ की ५० वर्षीया महिलाको गएराति ८:१७ बजे र बुटवल उपमहानगरपालिका- १३ का ५२ वर्षीय पुरुषको आज बिहान करिब ६ बजे निधन भएको हो।

">