भारतमा झण्डै ७२ लाख व्यक्ति कोरोना संक्रमणमुक्त
<p style="text-align: justify;">काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ८३८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ कोभिड-१९ का कारण ५०५ जनाको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७९ लाख ४५ हजार ८८८ पुगेको छ। तीमध्ये हालसम्म एक लाख १९ हजार ५३५ जनाले ज्यान गुमाएका छन्। </p>
<p style="text-align: justify;">भारतमा ७१ लाख ९८ हजार ७१५ जना संक्रमणमुक्त भएका छन्। </p>
<p style="text-align: justify;">अहिले त्यहाँ छ लाख २७ हजार ६३८ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।</p>