अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ३१ हजारभन्दा बढी
<p style="text-align: justify;">काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५२२ जनाले ज्यान गुमाएका छन्। यो अवधिमा त्यहाँ ६९ हजार १५६ जना संक्रमित थपिएका छन्। </p>
<p style="text-align: justify;">वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ८९ लाख ६२ हजार १७ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख ३१ हजार ३८ जनाको मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">त्यहाँ ५८ लाख २८ हजार ३७५ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २९ लाख दुई हजार ६०४ सक्रिय संक्रमित छन्। तीमध्ये १६ हजार ६१३ गम्भीर बिरामी छन्। </p>