आज एकै दिन ४००५ संक्रमितले कोरोनालाई जिते

काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप ४००५ जना निको भएका छन्।

गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसनमा रहेका उनीहरू कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या एक लाख १५ हजार ६७५ पुगेको छ।

गत २४ घण्टामा थप एक हजार ७४१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ५९ हजार ८३० पुगेको छ।