काठमाडाैं। नवरात्रको नवौँ दिन दसैंघर तथा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्रीको विधिपूर्वक पूजाराधना गरिएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमीमा सिद्धिदात्री देवीको विधिपूर्वक पूजाराधना गर्ने वैदिक सनातनी परम्परा छ।
नवरात्रको पहिलो दिन कात्तिक १ गते दसैंघर तथा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिली शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाराधना गरियो।
त्यसपछि क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि र महागौरीको विशेष पूजाराधना गरियो। नवरात्रको अन्तिम दिन आज सिद्धिदात्रीको विधिपूर्वक विशेष पूजाराधना गरिँदै छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवीस्तोत्र पाठसमेत गरिन्छ।
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजाराधना गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ।
यस वर्ष यही कात्तिक १० गते विजयादशमी परेको छ। विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान १०:१९ को साइत उत्तम रहेको जनाएको छ। दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमासम्म लगाउन सकिने शास्त्रीय नियम छ।
सिद्धिदात्रीको स्वरुप
मुमुक्षुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिन्छ। सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ। यिनी नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवी मानिएकी छिन्। सिद्धिदात्रीको विधिपूर्वक पूजाराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ।
नवदुर्गाका नाम स्वयं ब्रह्माले मार्कण्डेय ऋषिलाई बताएको विभिन्न पुराणमा उल्लेख छ। यी नौ नाम स्मरण मात्र गर्नाले जुनसुकै कष्ट वा सङ्कटबाट पनि मानिसले सजिलैसँग छुट्कारा पाउने विश्वास गरिन्छ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन्। भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित केही मन्दिर भने खुला गरिएको छ जहाँ भक्तजन पुग्ने गरेका छन्।
कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जान तथा खानपिन गरी दसैंतिहारजस्ता चाडपर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेकाे छ। दुर्गापक्षको मुख्य दिन नजिकिँदै जाँदा कोरोना भाइरसबाट सङ्क्रमित हुने पनि बढिरहेका छन्।
दसैंको नवौँ दिन आज शक्तिपीठमा पूजाराधना गर्न भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष तिनले कोरोनाको त्रासका कारण मानसिक रुपमा स्मरण गरेका छन्।
महाष्टमीमा जस्तै आज महानवमीका दिन पनि शक्तिपीठ एवं घरघरमा बलिसहित पूजाराधना गरी नेपालीले आजको दिनलाई विशेष रुपमा मनाएका छन्। रासस
" /> काठमाडाैं। नवरात्रको नवौँ दिन दसैंघर तथा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्रीको विधिपूर्वक पूजाराधना गरिएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमीमा सिद्धिदात्री देवीको विधिपूर्वक पूजाराधना गर्ने वैदिक सनातनी परम्परा छ।नवरात्रको पहिलो दिन कात्तिक १ गते दसैंघर तथा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिली शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाराधना गरियो।

">