भक्तपुर। हरेक वर्ष महानवमीमा मात्रै वर्षको एक दिन सर्वसाधारणका लागि खुला गरिने भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिरमा आज सर्वसाधारणले पूजा एवं दर्शन गर्न पाएनन्।
आजको दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका आधारमा यस दिन सर्वसाधारणको घुइँचो लाग्ने भए पनि यस वर्ष कोरोना भाइरसको प्रभावका कारण औपचारिक पूजामा सीमित गरिएकाले सर्वसाधारणको आगमन भएन।
तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले फूलपाती, अष्टमी र नवमीमा गरी तलेजुमा ५४ बोका, ३२ राँगा र ३२ हाँस बलि दिइँदै आएकामा पहिलो पटक यस वर्ष बलिरहित पूजा गरिएको बताए।
किंवदन्तीअनुसार सत्राैं शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपासा खेल्ने गरेका थिए। राजा जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी थिइन्।
राजाले क्षमा माग्दै धेरै रोइकराई गरेपछि तलेजुले वर्षको एक पटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेक वर्ष महानवमीका दिन तलेजु भवानी आफ्नो मन्दिरमा प्रकट हुने विश्वासका साथ मानिसको घुइँचो लाग्छ।
उनै त्रिपाशा खेल्ने तलेजु भवानी बालिकाको शरीरभित्र कुमारीका रुपमा प्रवेश गरेको जनविश्वास छ। त्यसै बेलादेखि भक्तपुरमा कुमारीलाई एकान्त कुमारीका रुपमा पुजिन थालेको हो। कुमारी पुजिने चलन सबैभन्दा पहिले भक्तपुरबाट सुरु भई पछि काठमाडाैं र ललितपुरमा विस्तार भएको भक्तपुरका तलेजुका मूल नाइके जोशीले बताए।
हरेक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म जीवित कुमारीलाई तलेजुस्थित दसैंघरमा ल्याएर तान्त्रिक विधिपूर्वक विराजमान गराई पूजा गर्ने परम्परा यस वर्ष भने टुटेको छ।
यस वर्ष कुमारी जीविका बज्राचार्यलाई तलेजुस्थित दसैंघरमा नल्याई क्वाठण्डौंस्थित कुमारीघरमा राखिएको छ। आज नवमीमा क्वाठण्डौंमै गएर कुमारीको पूजा गरिएको नाइके जोशीले बताए। रासस
" /> भक्तपुर। हरेक वर्ष महानवमीमा मात्रै वर्षको एक दिन सर्वसाधारणका लागि खुला गरिने भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिरमा आज सर्वसाधारणले पूजा एवं दर्शन गर्न पाएनन्।आजको दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका आधारमा यस दिन सर्वसाधारणको घुइँचो लाग्ने भए पनि यस वर्ष कोरोना भाइरसको प्रभावका कारण औपचारिक पूजामा सीमित गरिएकाले सर्वसाधारणको आगमन भएन।

">