कास्की। पर्वतको मोदी गाउँपालिका स्थायी घर भइ हाल पोखरा-१२ मा बसोबास गर्दै आएकी शिला पौडेल जसरी पनि विगत वर्षमा दसैंमा आफ्नो घर पुग्थिन्।
घट्स्थापनादेखि छोराछोरीको विद्यालयमा दसैं बिदा सुरु हुने भएकाले उनी त्यसको एक दुई दिनमै गाउँ पुग्थिन्। तर यसपटकको दसैंमा भने उनी गाउँ गइनन्। कोरोना महामारीको त्रासका कारण पौडेलले पहिलोपटक पोखरामै बसेर दसैं मनाउँदै छन्।
“चाडवाडमा रमाइलो त आफ्नै गाउँमा हुन्थ्यो, तर कोरोना सङ्क्रमणको त्रासले यस पटक घर जान पाइएन,” उनले भनिन्, “बजारमा सङ्क्रमण बढिरहेकाले गाउँ जाँदा जोखिम हुने तथा आफ्ना कारणबाट अरुले दुःख नपाउन् भनेर सरकारको आग्रह मानेर पोखरामै दसैं मनाउने निर्णय गरेको हुँ।”
विगत वर्षमा दसैं सुरु भएलगत्तै सहरबाट गाउँघर फर्किने क्रम सुरु हुन्थ्यो। सहरमा रोजगारी तथा विभिन्न पेसा व्यवसायमा आवद्ध भएकाहरु दसैंमा गाउँ फर्किंदा सहर सुनसान हुन्थ्यो। गाउँमा चहलपहल बढ्ने गर्दथ्यो। विदेशमा भएका समेत वर्ष दिनमा एक पटक घर फर्केर दसैं मनाउने चलन थियो। गाउँघरमा घट्स्थापनादेखि नै चहलपहल हुने गरे पनि यस वर्ष भने गाउँमा दसैंको खासै रौनक छैन।
कोरोना महामारीका कारण सरकारले जारी गरेको चाडपर्व मनाउने मापदण्डका कारण जो कोही पनि घरभित्रै सीमित भएका छन्। सहरबाट गाउँ फर्किने थोरै मात्र छन् भने गाउँमा समेत कोभिड-१९ को त्रास कायम रहेकाले अत्यावश्यक बाहेक घरबाहिर निस्कने कमै छन्।
चियापसल र चौतारी सुनसान छन्। दसैंलाई लक्ष्य गरी आयोजना गरिने महोत्सव र खेलकूद प्रतियोगितालगायत यस वर्ष आयोजना भएनन्। पिङ तथा दसैंका अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान कार्यक्रमको रौनक नभएको माछापुच्छ्रे गाउँपालिका-३ का वडाध्यक्ष सूर्यप्रसाद लम्सालले बताए।
“सरकारले आग्रह गरेकाले समेत होला यसपटकको दसैंमा गाउँघरमासमेत चहलपहल छैन, बजारबाट गाउँ आएका सर्वसाधारणसमेत घरभित्रै सीमित छन्,” वडाध्यक्ष लम्सालले भने, “यसपटक गाउँमा पिङ पनि हालिएका छैनन्, चहलपहल पहिलाजस्तो छैन, हामीले आग्रह गरे अनुसार नै भएको छ।”
विगतमा गाउँका टोलैपिच्छे खुला स्थान र चौतारीमा हालिने रोटेपिङ र लठ्ठे पिङमा बालबालिकादेखि वृद्धवृद्धासम्मको चहलपहल हुन्थ्यो। पिङ खेल्नका लागि लामो समय बालबालिका पालो पर्खिएर बसेका हुन्थे। यस वर्ष त्यस्तो दृश्य कतै देखिँदैन।
सरकारले आफू बसेकै स्थानमा चाडपर्व मनाउन आग्रह गरेपछि यस वर्ष दसैंमा गाउँ जानेहरु कम भएका हुन्। कोरोना सङ्क्रमणको त्रास सर्वत्र छ। गाडीमा हिँड्नसमेत यात्रु डराएका छन्। कतिपय त सहरबाट जाँदा गाउँमा सङ्क्रमण फैलने डरले बजारमै बसेका छन्। रासस
" /> कास्की। पर्वतको मोदी गाउँपालिका स्थायी घर भइ हाल पोखरा-१२ मा बसोबास गर्दै आएकी शिला पौडेल जसरी पनि विगत वर्षमा दसैंमा आफ्नो घर पुग्थिन्।घट्स्थापनादेखि छोराछोरीको विद्यालयमा दसैं बिदा सुरु हुने भएकाले उनी त्यसको एक दुई दिनमै गाउँ पुग्थिन्। तर यसपटकको दसैंमा भने उनी गाउँ गइनन्। कोरोना महामारीको त्रासका कारण पौडेलले पहिलोपटक पोखरामै बसेर दसैं मनाउँदै छन्।

">