विश्वमा कोभिड-१९ : एकैदिन थपिए साढे चार लाख संक्रमित

काठमाडौं। विश्वमा कोरोना संक्रमितको संख्या चार करोड २९ लाख १७ हजार ४५ पुगेको छ।

पछिल्लो २४ घण्टामा चार लाख ५१ हजार ६८१ संक्रमित थपिएका हुन्।

वर्ल्डोमिटर्सका अनुसार विश्वमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ११ लाख ५४ हजार ३०५ पुगेको छ।

पछिल्लो २४ घण्टामा पाँच हजार ५९२ संक्रमितको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म तीन करोड १६ लाख ५९ हजार ९८४ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या एक करोड एक लाख दुई हजार ७५६ छ। त्यसमध्ये ७७ हजार २०२ जना गम्भीर अवस्थाका छन्।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ८८ लाख २७ हजार १५४ पुगेको छ।

भारतमा संक्रमितको संख्या ७८ लाख ६३ हजार ८९२ पुगेको छ भने ब्राजिलमा ५३ लाख ८१ हजार २२४ छ।

प्रतिक्रिया दिनुहोस्