काठमाडौँ। कलाकार दीपकराज गिरीले दशैंमा शाकाहारी भोजन गर्न सबैमा अनुरोध गरेका छन्। दशैंको शुभकामना दिँदै उनले दशैंमा मासु नखाएर शाकाहारी भोजन गर्न अनुरोध गरेका हुन्।
आफूले ८ वर्षअघि नै मासु खान छोडेर शाकाहारी बनेको बताउँदै उनले खसी काटेको र मासु खाएको फोटो फेसबुकमा पोष्ट नगर्न सबैमा अनुरोध गरेका छन्। कुनै बेला दशैंमा खसी काट्दा आफू खसीको खुट्टा समाउन गएको स्मरण गर्दै उनले अब भने मासुबिना पनि दशैं रमाइलो लाग्ने बताएका हुन्।
“सानो छँद १० दिनअघि नै घरमा खसी आउँथ्यो,” उनले लेखेका छन्, “खसीसँग खेल्दा, खसीको कान निमोठ्दा, म्वाइ खाने गर्दा खसीसँँग एक प्रकारको सामीप्यता महसुस हुन थाल्थ्यो।”
अष्टमीको दिन आफ्नै अगाडि खसी काटिँदा धेरै रुएपछि ठूलो भएपछि खसी काट्दा आफै खुट्टा समाउन अघि सर्ने गरेको उनको भनाइ छ। ८ वर्षअघि भगवानको आशीर्वाद वा चमत्कारले मासुसँगको मोह भंग हुँदै गएको र मासुले दशैं रमाइलो नभएर दशैं आफैमा रमाइलो पर्व रहेको उनले बताएका छन्।
यो वर्ष कोरोना महामारीका बीचमा दशैं परेकाले सचेत भएर मनाउनसमेत उनले अनुरोध गरेका छन्। दूरी कायम गरेर र परिवारमा मात्र टीका लगाएर दशैं मनाउन उनले सुझाव दिएका छन्। स्वास्थ्य रहे आफन्तसँग टीका लगाउने मौका फेरि पनि आउनेछ भन्दै उनले यस्तो आह्वान गरेका हुन्।
" /> काठमाडौँ। कलाकार दीपकराज गिरीले दशैंमा शाकाहारी भोजन गर्न सबैमा अनुरोध गरेका छन्। दशैंको शुभकामना दिँदै उनले दशैंमा मासु नखाएर शाकाहारी भोजन गर्न अनुरोध गरेका हुन्।आफूले ८ वर्षअघि नै मासु खान छोडेर शाकाहारी बनेको बताउँदै उनले खसी काटेको र मासु खाएको फोटो फेसबुकमा पोष्ट नगर्न सबैमा अनुरोध गरेका छन्। कुनै बेला दशैंमा खसी काट्दा आफू खसीको खुट्टा समाउन गएको स्मरण गर्दै उनले अब भने मासुबिना पनि दशैं रमाइलो लाग्ने बताएका हुन्।

">