विराटनगर। विराटनगरमा आज थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।
नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत इलाम नगरपालिका-२ की ५९ वर्षीया महिला तथा सुनसरीको गढी गाउँपालिका-९ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो।
श्वास प्रश्वासमा समस्या देखिएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएकी ती महिलामा सोही दिन कोरोना पुष्टि भएको थियो।
त्यस्तै निमोनिया रोगबाट पीडित भएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएका ती पुरुषमा पनि सोही दिन कोरोना पुष्टि भएको थियो।
दुवै जनाको उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए। रासस
" /> विराटनगर। विराटनगरमा आज थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत इलाम नगरपालिका-२ की ५९ वर्षीया महिला तथा सुनसरीको गढी गाउँपालिका-९ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो।

">