नेपालमा सक्रिय सङ्क्रमित ४६ हजार नाघ्यो
<p>काठमाडौँ। नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४६ हजार नाघेको छ। </p>
<p>स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज वेभसाइटमार्फत् दिएको अद्यावधिक विवरणअनुसार नेपालमा आजका मितिमा ४६ हजार ५७ जनामा कोरोना सङ्क्रमण रहेको छ। सङ्क्रमितहरू होम आइसोलेसन र संस्थागत आइसोलेसनमा रहेका छन्। यसबाहेक ३,३२२ जना क्वारेन्टाइनमा रहेको बताइएको छ। </p>
<p>दसैँको बिदाका कारण स्वास्थ्य मन्त्रालयले दिनहुँ गरेको प्रेस ब्रिफिङ रोकिए पनि मन्त्रायको आधिकारिक पेजमार्फत् आजको विवरण दिइएको हो। </p>
प्रतिक्रिया दिनुहोस्
