गत २४ घण्टामा कोरोनाका कारण १३ को मृत्यु
<p>काठमाडौँ। गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारणबाट १३ जनाको मृत्यु भएको छ।</p>
<p>स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज वेभसाइटमार्फत् दिएको अद्यावधिक विवरणअनुसार नेपालमा हालसम्म कूल ८४२ जनाले कोभिड–१९ का कारण ज्यान गुमाइसकेका छन्।</p>
<p>दसैँको बिदाका कारण स्वास्थ्य मन्त्रालयले दिनहुँ गरेको प्रेस ब्रिफिङ रोकिए पनि मन्त्रायको आधिकारिक पेजमार्फत् आजको विवरण दिइएको हो। </p>
प्रतिक्रिया दिनुहोस्
