विश्वमा कोभिड-१९ : मृत्यु हुनेको संख्या साढे ११ लाख नजिक
काठमाडौं। विश्वमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ११ लाख ४८ हजार ६९८  पुगेको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ५२६ संक्रमितको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म तीन करोड १४ लाख १६ हजार ५९९ जना संक्रमणमुक्त भएका छन्।

यस्तै विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या चार करोड २४ लाख ६२ हजार ९१२ पुगेको छ।

पछिल्लो २४ घण्टामा चार लाख ८९ हजार ६१७ संक्रमित थपिएका हुन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ९८ लाख ९७ हजार ६१५ छ। त्यसमध्ये ७६ हजार ३४४ जना गम्भीर अवस्थाका छन्।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ८७ लाख ४६ हजार ८८६ पुगेको छ।

भारतमा संक्रमितको संख्या ७८ लाख १३ हजार ६६८ पुगेको छ भने ब्राजिलमा ५३ लाख ५५ हजार ६५० छ।

प्रतिक्रिया दिनुहोस्