लुम्बिनी। लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती दुई सातापछि आज कोरोना सङ्क्रमण मुक्त भएका छन्। उनलाई गत असोज २३ गते सङ्क्रमण पुष्टि भएको थियो।
प्रदेशको स्थायी राजधानी र नामाकरणका विषयमा प्रदेशसभामा भएको छलफलका क्रममा प्रतिपक्षी दल नेपाली काँग्रेसबाट भएको विरोध र कुर्सी तोडफोडका क्रममा धेरैलाई सङ्क्रमण देखिएको मानिएको थियो।
यसक्रममा सभामुख घर्ती, उपसभामुख कृष्णी थारु, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, भौतिक पुर्वाधार विकासमन्त्री वैजनाथ चौधरी, प्रदेशसभामा अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधीराम न्यौपाने, प्रदेशसभामा लेखा समितिका सभापति डिल्ली चौधरी, प्रदेशसभा सदस्य अष्टभुजा पाठकलगायतलाई सङ्क्रमण देखिएको थियो।
सङ्क्रमितमध्ये उपसभामुख थारु, आन्तरिक मामिलामन्त्री केसी, भौतिकमन्त्री चौधरी पनि कोरोनामुक्त भएका छन्। रासस
" /> लुम्बिनी। लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती दुई सातापछि आज कोरोना सङ्क्रमण मुक्त भएका छन्। उनलाई गत असोज २३ गते सङ्क्रमण पुष्टि भएको थियो।प्रदेशको स्थायी राजधानी र नामाकरणका विषयमा प्रदेशसभामा भएको छलफलका क्रममा प्रतिपक्षी दल नेपाली काँग्रेसबाट भएको विरोध र कुर्सी तोडफोडका क्रममा धेरैलाई सङ्क्रमण देखिएको मानिएको थियो।

">