काठमाडाैं। नेपाली सेनाले यस वर्षकाे फूलपाती बढाइँ सांकेतिकरूपमा मात्र आयोजना गरेकाे छ। कोभिड-१९ को संक्रमणका कारण यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिएकाे हाे।
नेपाली सेनाद्वारा आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी छन्।
समारोहमा नेपाली सेनाको टुकडीले उनलाई सलामी अर्पण गरेको थियो। संवैधानिक व्यवस्थानुसार राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्।
सो अवसरमा सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ गर्यो। तोपबाट पनि लहरे र एकठ्ठा बढाइँ प्रस्तुत गरिएकाे थियो।
बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो। समारोहमा सैनिक ब्याण्डले ‘रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो’ बोलको राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गरेकाे थियाे।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए।
यसपटक बढाइँमा थोरै कार्यक्रम सामेल गरिएकाले छोटो र कोराेना संक्रमणकाे जोखिमका कारण पाहुनाको संख्या सीमित तुल्याइएको थियो।
बढाइँ हेर्न आमन्त्रण गरिएका पाहुनालाई सामाजिक दूरी कायम गरी बस्ने व्यवस्था गरिएको थियो। समारोहमा उपस्थित सबै पाहुनालाई मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गराइएको थियो।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
तस्वीरहरु: प्रधानमन्त्रीकाे सचिवालय।
" /> काठमाडाैं। नेपाली सेनाले यस वर्षकाे फूलपाती बढाइँ सांकेतिकरूपमा मात्र आयोजना गरेकाे छ। कोभिड-१९ को संक्रमणका कारण यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिएकाे हाे।नेपाली सेनाद्वारा आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी छन्।

">