अमेरिकामा २४ घण्टामा कोरोनाबाट ९५९ जनाको मृत्यु, संक्रमितको कुल संख्या ८६ लाख ६० हजार नाघ्यो
<p style="text-align: justify;">काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९५९ जनाले ज्यान गुमाएका छन्। यो अवधिमा त्यहाँ ७३ हजार ४९ जना संक्रमित थपिएका छन्। </p>
<p style="text-align: justify;">वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या ८६ लाख ६० हजार ३९९ पुगेको छ। तीमध्ये हालसम्म दुई लाख २८ हजार ३६७ जनाको मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">त्यहाँ ५६ लाख ५४ हजार २६७ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा २७ लाख ७७ हजार ७६५ सक्रिय संक्रमित छन्। तीमध्ये १५ हजार ८३१ गम्भीर बिरामी छन्। </p>