काठमाडौँ। रुकुम घर भएकी जमुना रोक्का मगर विगत एक वर्षदेखि काठमाडौंको सतुंगलमा अढाइ वर्षकी छोरी एन्जलसँग बस्छिन्। उनका श्रीमान् सागर साउदीमा छन्। बोल्दा हाँसेर बोल्ने जमुना यसपालि घर नजाने बताउँछिन्। घर नजानुको कारण कोरोनाको महामारी भन्दा पनि ऋण तिर्न नसक्नु हो।
जमुना अहिले २५ वर्षकी भइन्। उनको विवाह ५ वर्ष अघि भएको थियो। खेतीपाती गरेर बस्ने उनको सामान्य परिवार छ। तर गाँउका प्रायः साथीभाइ विदेश गएकाले उनका श्रीमान्लाई पनि विदेश जानु थियो। एकपटक दुबई गएका थिए। कम्पनी बन्द भएपछि फर्किएर आए।
फेरि उनी अफगानिस्तान जान भनी गाँउमा ऋण लिएर एजेन्टलाई बुझाए। तर, कागज नमिलेर उनले काम पाएनन्। अफगानिस्तानबाट अहिले उनी भागेर साउदी पुगेका छन्। न काम पाएका छन्, न फर्केर आउन नै सक्छन्।
अफगानिस्तान जानका लागि लगभग ५ लाख ऋण परेको छ। विदेशमा श्रीमान्को अवस्था राम्रो नभएपछि गाँउकै दिदीसँग जमुना एक वर्षअघि काठमाडौँ आइन्, इँट्टा भट्टामा काम गर्न। त्यहाँको कमाइले खान मात्र ठिक्क पुग्ने, ऋण तिर्न गाह्रो छ उनलाई।
“ऋण कसरी तिर्ने थाहा छैन,” अन्योलमा परेकी जमुना भन्छिन्, “यहाँको कमाइ खान मात्र पुग्छ। विदेशमा श्रीमान्को कमाइले तिर्ने भनेको उहाँको हालत नि त्यस्तै छ।”
इँट्टाको काम वर्षमा २ पटक मात्र हुन्छ। हिउँदमा काम गर्‍यो, बर्खामा खायो। “यसपालि त कोरोनाले गर्दा काम पनि भएन। काम गर्ने समयमा कोरोनाले गर्दा भट्टा पनि बन्द भयो, अरू काम पनि छैन,” अत्तालिँदै जमुना भन्छिन्, “खै, अब के गर्ने हो?”
उनी भन्छिन्, “काम नभएका कारण कमाइ पनि छैन। भट्टाको साहुले खानाको व्यवस्था गरिदिएका छन्, त्यसैले गुजारा चलिरहेको छ।”
भट्टामा नै उपलब्ध हुने इँट्टाले बनाएको सानो एक कोठाको छाप्रोमा छोरीसँग बस्छिन्, जमुना। इँट्टाकै थुप्रोले बनाएको खाटमाथि राखिएको डसना र छेउमै खाना पकाउने चुल्हो। काम केही नभएकाले दिनभरि स्वीटर बुन्दै बस्छिन्, जमुना। उनी भन्छिन्, “बाहिर अरूलाई दुःख देखाएर मात्र त भएन, हास्नै पर्‍यो।”
जमुनाजस्तै निम्न आय भएकाहरूलाई अझै पनि दसैँको रौनकले छुँदैन, महामारीबीच कमाइ नहुँदा घर जानका लागि समस्या छ।
" /> काठमाडौँ। रुकुम घर भएकी जमुना रोक्का मगर विगत एक वर्षदेखि काठमाडौंको सतुंगलमा अढाइ वर्षकी छोरी एन्जलसँग बस्छिन्। उनका श्रीमान् सागर साउदीमा छन्। बोल्दा हाँसेर बोल्ने जमुना यसपालि घर नजाने बताउँछिन्। घर नजानुको कारण कोरोनाको महामारी भन्दा पनि ऋण तिर्न नसक्नु हो।
जमुना अहिले २५ वर्षकी भइन्। उनको विवाह ५ वर्ष अघि भएको थियो। खेतीपाती गरेर बस्ने उनको सामान्य परिवार छ। तर गाँउका प्रायः साथीभाइ विदेश गएकाले उनका श्रीमान्लाई पनि विदेश जानु थियो। एकपटक दुबई गएका थिए। कम्पनी बन्द भएपछि फर्किएर आए।
फेरि उनी अफगानिस्तान जान भनी गाँउमा ऋण लिएर एजेन्टलाई बुझाए। तर, कागज नमिलेर उनले काम पाएनन्। अफगानिस्तानबाट अहिले उनी भागेर साउदी पुगेका छन्। न काम पाएका छन्, न फर्केर आउन नै सक्छन्।
अफगानिस्तान जानका लागि लगभग ५ लाख ऋण परेको छ। विदेशमा श्रीमान्को अवस्था राम्रो नभएपछि गाँउकै दिदीसँग जमुना एक वर्षअघि काठमाडौँ आइन्, इँट्टा भट्टामा काम गर्न। त्यहाँको कमाइले खान मात्र ठिक्क पुग्ने, ऋण तिर्न गाह्रो छ उनलाई।
“ऋण कसरी तिर्ने थाहा छैन,” अन्योलमा परेकी जमुना भन्छिन्, “यहाँको कमाइ खान मात्र पुग्छ। विदेशमा श्रीमान्को कमाइले तिर्ने भनेको उहाँको हालत नि त्यस्तै छ।”
इँट्टाको काम वर्षमा २ पटक मात्र हुन्छ। हिउँदमा काम गर्‍यो, बर्खामा खायो। “यसपालि त कोरोनाले गर्दा काम पनि भएन। काम गर्ने समयमा कोरोनाले गर्दा भट्टा पनि बन्द भयो, अरू काम पनि छैन,” अत्तालिँदै जमुना भन्छिन्, “खै, अब के गर्ने हो?”
उनी भन्छिन्, “काम नभएका कारण कमाइ पनि छैन। भट्टाको साहुले खानाको व्यवस्था गरिदिएका छन्, त्यसैले गुजारा चलिरहेको छ।”
भट्टामा नै उपलब्ध हुने इँट्टाले बनाएको सानो एक कोठाको छाप्रोमा छोरीसँग बस्छिन्, जमुना। इँट्टाकै थुप्रोले बनाएको खाटमाथि राखिएको डसना र छेउमै खाना पकाउने चुल्हो। काम केही नभएकाले दिनभरि स्वीटर बुन्दै बस्छिन्, जमुना। उनी भन्छिन्, “बाहिर अरूलाई दुःख देखाएर मात्र त भएन, हास्नै पर्‍यो।”
जमुनाजस्तै निम्न आय भएकाहरूलाई अझै पनि दसैँको रौनकले छुँदैन, महामारीबीच कमाइ नहुँदा घर जानका लागि समस्या छ।
"> दुःखमाथि महामारीको मार, तैपनि हाँस्न बिर्सेकी छैनन् जमुना: Dekhapadhi
दुःखमाथि महामारीको मार, तैपनि हाँस्न बिर्सेकी छैनन् जमुना
काठमाडौँ। रुकुम घर भएकी जमुना रोक्का मगर विगत एक वर्षदेखि काठमाडौंको सतुंगलमा अढाइ वर्षकी छोरी एन्जलसँग बस्छिन्। उनका श्रीमान् सागर साउदीमा छन्। बोल्दा हाँसेर बोल्ने जमुना यसपालि घर नजाने बताउँछिन्। घर नजानुको कारण कोरोनाको महामारी भन्दा पनि ऋण तिर्न नसक्नु हो।
जमुना अहिले २५ वर्षकी भइन्। उनको विवाह ५ वर्ष अघि भएको थियो। खेतीपाती गरेर बस्ने उनको सामान्य परिवार छ। तर गाँउका प्रायः साथीभाइ विदेश गएकाले उनका श्रीमान्लाई पनि विदेश जानु थियो। एकपटक दुबई गएका थिए। कम्पनी बन्द भएपछि फर्किएर आए।
फेरि उनी अफगानिस्तान जान भनी गाँउमा ऋण लिएर एजेन्टलाई बुझाए। तर, कागज नमिलेर उनले काम पाएनन्। अफगानिस्तानबाट अहिले उनी भागेर साउदी पुगेका छन्। न काम पाएका छन्, न फर्केर आउन नै सक्छन्।
अफगानिस्तान जानका लागि लगभग ५ लाख ऋण परेको छ। विदेशमा श्रीमान्को अवस्था राम्रो नभएपछि गाँउकै दिदीसँग जमुना एक वर्षअघि काठमाडौँ आइन्, इँट्टा भट्टामा काम गर्न। त्यहाँको कमाइले खान मात्र ठिक्क पुग्ने, ऋण तिर्न गाह्रो छ उनलाई।
“ऋण कसरी तिर्ने थाहा छैन,” अन्योलमा परेकी जमुना भन्छिन्, “यहाँको कमाइ खान मात्र पुग्छ। विदेशमा श्रीमान्को कमाइले तिर्ने भनेको उहाँको हालत नि त्यस्तै छ।”
उनी भन्छिन्, “काम नभएका कारण कमाइ पनि छैन। भट्टाको साहुले खानाको व्यवस्था गरिदिएका छन्, त्यसैले गुजारा चलिरहेको छ।”
जमुनाजस्तै निम्न आय भएकाहरूलाई अझै पनि दसैँको रौनकले छुँदैन, महामारीबीच कमाइ नहुँदा घर जानका लागि समस्या छ।
प्रतिक्रिया दिनुहोस्