काठमाडौं। निकटतम छिमेकी भारतमा कोरोना भाइरस कमजोर बन्दै गएको पछिल्ला आँकडाहरुले पुष्टि गरेका छन्। केही समय अघिसम्म त्यस मुलुकमा संक्रमितको संख्या दैनिक एक लाखसम्म पुगेको थियो। यसबाट खुल्ला सीमा भएको छिमेकी नेपालमा चिन्ता बढेको थियो।

पछिल्ला तीन दिन भारतमा सक्रिय संक्रमितको संख्या सात लाख हाराहारीमै छ। बुधबार २४ घण्टामा सक्रिया विरामीको संख्यामा २४,२७८ ले कमी आयो। अहिले भारतमा सक्रिय संक्रमित ७,१५,८१२ छन्।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार पछिल्लो २४ घण्टामा ५५,८३८ नयाँ संक्रमित भेटिएका छन्। अघिल्ला केही दिनको तुलनामा यो संख्या निकै कम हो।

हालसम्म त्यस विशाल तथा आवादी सवा अर्ब भन्दा बढी रहेको देशमा संक्रमितको संख्या  ७७ लाख छ हजार ९४६ पुगेको छ। मृत्यु हुनेको संख्या एक लाख १६ हजार ६१६ पुगेको छ। भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार २१ अक्टोबरसम्म नौ करोड ८६ लाख ७० हजार ३६३ जनाको कोरोना भाइरस स्पाम्पल परीक्षण गरिसकिएको छ।

अमेरिकापछि बढी परीक्षण भारतमा

यो साताभित्र भारतमा १० करोडभन्दा बढी परीक्षण गरिसकिने बताइएको छ। अमेरिकामा भने १२.७ करोड जनाको भाइरस परीक्षण गरिएको छ। भारतमा परीक्षण कम भएको भन्दै विरोध भइरहेको छ।

सार्वजनिक स्वास्थ्यमा लगानी कम : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वका अधिकांश मुलुकमा सार्वजनिक स्वास्थ्यका क्षेत्रमा लगानी निकै कम भएको भन्दै चिन्ता व्यक्त गरेको छ।
डब्ल्यूएचओकी मुख्य वैज्ञानिक सौम्या स्वामिनाथन भन्छिन्, ‘‘कोरोना महामारीले सार्वजनिक स्वास्थ्य र प्राथमिक स्वास्थ्य सेवामा लगानीको महत्व रेखांकित गरेको छ। आगामी वर्षको आरम्भसम्म कम्तीमा दुईखाले कोरोनाविरुद्धको भ्याक्सिन हामीसँग हुने छ।’’

उनले शिक्षा तथा महिलामाथि हिंसाजस्ता कुरामा कोभिड-१९ को दुष्प्रभाव परेको बताइन्। उनले भनिन्, ‘‘मैले विगत ९–१० महिनाको अवधिमा सार्वजनिक तथा प्राथमिक स्वास्थ्यमा गरिएको लगानीबारे धेरै कुरा थाहा पाएँ। यस्तो लगानी अहम् हुने रहेछ।’’

भारत सरकारले कोरोना संक्रमितको उपचारमा निकै लगानी गर्दै आएको छ। भलै, नियन्त्रणमा सफलता हात नपारे पनि त्यस देशका कतिपय प्रदेश सरकारले विरामीको उपचारमा ठूलो राहत दिँदै आएका छन्।

मुख्य वैज्ञानिक स्वामिनाथनको तर्कलाई दृष्टिगत गर्दा नेपालजस्ता कमजोर सार्वजनिक स्वास्थ्य तथा प्राथमिक स्वास्थ्यको अवस्था रहेको मुलुकमा कोरोनाजस्ता महामारीले ठूलो असर गर्ने स्पष्ट हुन्छ।

संविधानतः जनताको स्वास्थ्य र शिक्षामा सरकारी सहयोग अनिवार्य रहेको छ, तर व्यवहारतः त्यो देख्न पाइँदैन।

सरकारले पछिल्लो पटक संक्रमितको उपचारका सवालमा समेत उदासीनता प्रकट गरेको छ। सरकारी अस्पतालका पूर्वाधार कमजोर छन् भने संक्रमितको संख्या ह्वात्तै बढेको खवस्थामा तिनको उपचार असम्भव छ।

नेपालले आफ्नै बलबुतामा भ्याक्सिन निर्माण त परै जाओस्, खरिद गरेर जनतालाई वितरण गर्न सक्ने अवस्थासमेत छैन। त्यससम्बन्धमा सरकारको तयारी निकै फितलो छ।

यस्तो अवस्थामा छिमेकी भारतमा संक्रमितको संख्यामा आएको गिरावट र त्यस देशले भ्याक्सिन निर्माणमा गरेको प्रगतिले केही राहत भने महसुस गराएको छ।

" /> काठमाडौं। निकटतम छिमेकी भारतमा कोरोना भाइरस कमजोर बन्दै गएको पछिल्ला आँकडाहरुले पुष्टि गरेका छन्। केही समय अघिसम्म त्यस मुलुकमा संक्रमितको संख्या दैनिक एक लाखसम्म पुगेको थियो। यसबाट खुल्ला सीमा भएको छिमेकी नेपालमा चिन्ता बढेको थियो।

"> भारतमा संक्रमण दर घट्दा नेपालमा खुसी !: Dekhapadhi
कोरोना कहरका बीच भारतसँग सीमा जोडिएको कैलालीको त्रिनगर नाकामा आउनेजाने नेपालीको भीड। तस्वीर : दीपक नेपाल।
भारतमा संक्रमण दर घट्दा नेपालमा खुसी !

प्रतिक्रिया दिनुहोस्