काठमाडौँ। अव्यवस्थित रूपले बस्ती बढेसँगै अतिक्रमणको चपेटामा परेको चाबहिलको घाट अब व्यवस्थित बन्ने भएको छ। काठमाडौँ महानगरपालिकाले त्यहाँ घाटको संरचना बनाउने काम सुरु गरेको हो।
उक्त चिहान क्षेत्रलाई स्थानीय नेवाः समुदायले पिगं देप भन्दछन्। प्रायः पुरानो सहरबाहिर रहेको पीठलाई पिगं भनिन्छ। ती धार्मिक क्षेत्रहरूमा धेरैजसो नेवाः समुदायका विभिन्न जातिहरूले कूलपूजा गर्ने चलन पनि रहिआएको छ।
चाबहिलको उक्त पिगं क्षेत्रमा शाक्य, डंगोल, श्रेष्ठ र महर्जनहरूको आ–आफ्नै मसानघाट छ। परम्पराअनुसार यी समुदायहरूले तोकिएको स्थानमा अन्तिम संस्कार गर्दै आएका छन्।
.jpg)
सबै तस्बिरहरू - गोपेन राई/देखापढी
कसरी भयो चिहानमा अतिक्रमण?
अव्यवस्थित सहरीकरणसँगै मसान क्षेत्रवरपरका जग्गामा पनि बस्ती बाक्लिँदै गएको अभियन्ता सचिन शाक्य बताउँछन्। यो क्रम पछिल्लो दुई–तीन दशकमा तीव्र भएको हो। “पहिले हामी सानैमा पनि यो क्षेत्रमा जाँदा डर हुन्थ्यो,” शाक्य भन्छन्, “तर हेर्दाहेर्दै घाट विलय भएर बाक्लो बस्ती बन्न थाल्यो।”
बाक्लो बस्ती बन्न थालेपछि त्यहाँका वासिन्दाले आफ्नो घरआँगनमै शव जलाउन दिएनन्। अनि यही कारण परम्परागत रूपमा यहाँ लाश जलाउन खोज्दा विवाद र झडपका घटना भएका छन्।
यससँगै मसानघाट क्षेत्र तथा पिगंद्यःका सम्पदा बचाउन अभियानकै रूपमा सम्पदा अभियन्ता लागिपरे, चाःबहि पिगंद्यः संरक्षण समितिका नामबाट। यसका सचिव हुन्, सचिन शाक्य।
“अव्यवस्थित सहरीकरण र सार्वजनिक जग्गा जथाभावी अतिक्रमण गर्ने भूमाफियाको खेलको परिणाम हो यो,” उनी भन्छन्, “यसै कारण नेवाः संस्कार र संस्कृतिअनुसारका मसानघाट अतिक्रमण गरेर बाक्लो बस्ती बसाइएको छ।”
शव जलाउन खोज्दा विवाद
पुरानो घाटमा परम्परागत रूपमै शव जलाउन खोज्दा त्यस क्षेत्रमा विवादका घटना भएका थिए। अभियन्ता शाक्य आफै यसका भुक्तभोगी हुन्।
तीन वषअघि चाबहिलकी ९८ वर्षीया वृद्धा कान्छीमाया शाक्यको मृत्युपछि सो पिगंस्थानमा दाहसंस्कारको क्रम निकै कठिन थियो। दाहसंस्कारका क्रममा मृतकका परिवार र आफन्त तथा चिहानवरपरका वासिन्दाबीच झडपको स्थिति आयो। अन्ततः सुरक्षा घेरा साथ दाहसंस्कारलाई पूर्णता दिइएको थियो।
“हरेक मानिसको अन्तिम यात्रा मसानघाटकै हो। तर हजुरआमाको हकमा जीवनभन्दा मृत्युले बढी सास्ती पायो,” कान्छीमायाका नाति सचिन शाक्य उक्त घटना स्मरण गर्छन्, “वरपरका मानिसहरूले रोक लगाएपछि दंगाफसादको स्थिति भयो र हामीले सुरक्षा घेराबीच हजुरआमाको अन्त्येष्टि ग¥यौँ।”
.jpg)
यो एउटै मात्र त्यस्तो घटना थिएन। यस्तै घटना दोहोरियो, २०७५ साल मंसिर २३ गते। स्थानीय भीममाया डंगोलको मृत्युपछि पनि दाहसंस्कार सहज हुन सकेन।
बस्तीले मिचेको घाटमा अन्तिम संस्कारको विवाद यति क्रममै रोकिएन। अर्को घटना २०७६ साल भदौ २८ गते स्थितिले उग्र रूप लियो। मृतक लक्ष्मी डंगोलको शव जलाउने क्रममा मृतकको शरीर नै तानातान भएको थियो। यसपछि काठमाडौँ महानगरपालिका–७ मा सुरक्षाकर्मी पनि उपस्थित गराई दुई पक्षबीच वार्ता भयो र सुरक्षा घेरामै दाहसंस्कार सम्पन्न भयो।
.jpg)
बस्तीले मिचेको चिहान
दाहसंस्कारजस्तो अत्यन्त संवेदनशील संस्कारमा समेत यस्तो अवस्था आउनु दुःखद् भएको चाःबहि पिगंद्यः संरक्षण समितिका पदाधिकारीहरू बताउँछन्। उनीहरू भन्छन्, “बस्ती माझमा चिहान होइन, चिहान वरपर चाहिँ बस्ती बसेको हो।”
चिहानवरपर जग्गा किन्दा नै सबैलाई यो ठाउँ परम्परागत मसानघाट (दीप) हो भन्ने जानकारी सबैलाई भएको बताउँछन्, अभियन्ता शाक्य। यसरी आफूले थाहा हुँदा हुँदै जग्गा किनेर घर बनाउन आउनेहरूले अहिले शव जलाउन नदिने भन्न नमिल्ने उनी बताउँछन्।
धार्मिक मान्यता र परम्पराअनुसार त्यस्तै परे बरु देवताका मूर्ति तथा मठमन्दिर आवश्यकताबमोजिम एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्छ। तर मसान सार्ने वा हटाउने भन्ने विधि संस्कारमै नभएको स्थानीय तीर्थमान डंगोल बताउँछन्। “यो रुद्रमतीको घाट हो,” उनी भन्छन्, “यहाँ पहिले हामी रैथानेहरूकै खेतबारी थियो। पछि अव्यवस्थित सहरीकरणले घाटको जग्गा मिचेपछि यस्तो समस्या आएको हो।”
.jpg)
नगरपालिकाको पहल
पिगं क्षेत्रको लामो समयदेखि भइरहेको विवादलाई सम्बोधन गर्ने क्रममा काठमाडौँ महानगरपालिकाले आफ्नो खर्चमा घाटको संरचना बनाउन लागेको हो। यसका लागि काम हिजोबाट औपचारिक रूपमै सुरु भइसकेको छ।
यसका लागि आवश्यक शिलान्यास पूजा भने एक महिनाअघि नै सम्पन्न भइसकेको छ। “शिलान्यास पूजामा पनि केही नवआगन्तुक वासिन्दाहरूले अवरोध गरेका थिए,” संरक्षण समितिका सचिव शाक्य बताउँछन्, “तर हामीले कानुनी उपचार लिएका छौँ, अब डर छैन।”
" /> काठमाडौँ। अव्यवस्थित रूपले बस्ती बढेसँगै अतिक्रमणको चपेटामा परेको चाबहिलको घाट अब व्यवस्थित बन्ने भएको छ। काठमाडौँ महानगरपालिकाले त्यहाँ घाटको संरचना बनाउने काम सुरु गरेको हो।उक्त चिहान क्षेत्रलाई स्थानीय नेवाः समुदायले पिगं देप भन्दछन्। प्रायः पुरानो सहरबाहिर रहेको पीठलाई पिगं भनिन्छ। ती धार्मिक क्षेत्रहरूमा धेरैजसो नेवाः समुदायका विभिन्न जातिहरूले कूलपूजा गर्ने चलन पनि रहिआएको छ।

">