कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले कोरोना संक्रमितको उपचार तथा परीक्षण नि:शुल्क गर्ने बताएको छ।
मुख्यमन्त्री त्रिलोचन भट्टले महामारीका बेला जनताको उपचार गर्ने दायित्व सरकारको भएको भन्दै प्रदेश सरकार यस उत्तरदायित्वबाट नपन्छिने बताए।
"अहिलेसम्म कोरोना परीक्षण तथा उपचार जसरी नि:शुल्क थियो, अझै पनि त्यसरी नै हुन्छ", उनले भने।
नि:शुल्क उपचार नगर्ने निर्णय गरेको भन्दै नागरिकलाई आतंकित नबनाउन मुख्यमन्त्री भट्टको आग्रह छ। सुदूरपश्चिम प्रदेशअन्तर्गतका सबै अस्पताल तथा स्वास्थ्य संस्थामा यसअघि भए अनुसार नै परीक्षण र उपचार नि:शुल्क हुने उनले बताए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले कोरोना संक्रमितको उपचार तथा परीक्षण नि:शुल्क गर्ने बताएको छ।मुख्यमन्त्री त्रिलोचन भट्टले महामारीका बेला जनताको उपचार गर्ने दायित्व सरकारको भएको भन्दै प्रदेश सरकार यस उत्तरदायित्वबाट नपन्छिने बताए।

">