भारतमा कोरोनाका कुल संक्रमित साढे ७६ लाख नजिक
<p>काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ५४ हजार ४२२ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ कोभिड-१९ का कारण ७१४ जनाको मृत्यु भएको छ।</p>
<p>वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७६ लाख ४९ हजार १५८ पुगेको छ। तीमध्ये हालसम्म एक लाख १५ हजार ९५० जनाले ज्यान गुमाएका छन्। </p>
<p>भारतमा ६७ लाख ९२ हजार ५५० जना संक्रमणमुक्त भएका छन्। </p>
<p>अहिले त्यहाँ सात लाख ४० हजार ६५८ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।</p>
प्रतिक्रिया दिनुहोस्
