भीमेश्वरमा निःशुल्क कोरोना परीक्षण तथा उपचार <p>काठमाडौं।&nbsp;दोलखाको भीमेश्वर नगरपालिकाले &nbsp;नगरवासीको कोरोना परीक्षण र उपचार निशुल्क गर्ने र्निणय गरेको छ।</p> <p>नगर कार्यपालिको आजको ५९ औ बैठकले कोरोनाको लक्षण देखा परेका आफ्ना नगरवासीको पिसिआर परीक्षण गराउनाका साथै सङ्क्रमण पुष्टि भएमा सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय भएको नगरापलिकाका प्रवक्ता हरिवंश चौलागाईले जानकारी दिए।</p> <p>नगरपालिकाले नागरिकको उपचारको लागि विपद् व्यवस्थापन कोषको रकम प्रयोग गर्ने जनाएको छ।</p> <p>रासस</p>
प्रतिक्रिया दिनुहोस्