३,०९३ नयाँ कोरोना सङ्क्रमित थपिए
<p>काठमाडौँ। गत २४ घण्टामा ३,०९३ थप जनामा कोरोना सङ्क्रमण देखिएको छ। </p>
<p>स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आइतबारको राष्ट्रिय अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कूल १३,८६१ जनामा कोभिड–१९ का लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।</p>
<p>यससँगै नेपालमा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या १ लाख ३९ हजार १२९ पुगेको छ।</p>
<p>अहिले देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित छन्।</p>
प्रतिक्रिया दिनुहोस्
