काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले संविधानले दिएको आधारभूत स्वास्थ्यको अधिकारविपरीत  कोरोना संक्रमितको निःशुल्क उपचार तथा शव व्यवस्थापन नगर्ने सरकारको निर्णय अनुचित भएको भन्दै सच्याउन निर्देशन दिएको छ।

कोभिड-१९ का बिरामीको निःशुल्क उपचार र शव व्यवस्थापन नगर्ने भन्ने समाचार प्रकाशित भएका तथा केही सरकारी अस्पताल अनुगमन गरेपछि चासो व्यक्त गर्दै आयोगले सच्याउन निर्देशन दिएको हो। सो क्रममा सरकारको पछिल्लो निर्णय संविधान र जन स्वास्थ्य ऐन विपरीत भएको आयोगको ठहर छ।

‘नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यवाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने हक, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवावाट बञ्चित नगरिने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हकको सुनिश्चितता गरेको छ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा (२) ख मा सरुवा रोगको उपचारसबन्धि आधारभूत सेवा निःशुल्करुपमा प्राप्त हुने व्यवस्था गरिएको छ।’

संविधान तथा ऐनका यी व्यवस्था विपरीत कोभिड-१९ जस्तो विश्वव्यापी महामारीको आक्रान्त नागरिकहरूको उपचारबाट पन्छिएर राज्य नागरिकको स्वास्थ्य सबन्धी हकको सुनिश्चितता गर्ने दायित्ववाट विमुख हुन नमिल्ने आयोगको भनाइ छ।

यस जटिल परिस्थितिमा कोभिड-१९ वाट संक्रमित बिरामीहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न र कोभिड-१९ वाट मृत्यु भएकाहरूको शव व्यवस्थापन गरी नागरिकको संविधानप्रदत्त स्वास्थ्यसम्बन्धि हकको सुनिश्चितता गर्न आयोगले सरकारलाई आग्रह गरेको छ।

" /> काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले संविधानले दिएको आधारभूत स्वास्थ्यको अधिकारविपरीत  कोरोना संक्रमितको निःशुल्क उपचार तथा शव व्यवस्थापन नगर्ने सरकारको निर्णय अनुचित भएको भन्दै सच्याउन निर्देशन दिएको छ।

कोभिड-१९ का बिरामीको निःशुल्क उपचार र शव व्यवस्थापन नगर्ने भन्ने समाचार प्रकाशित भएका तथा केही सरकारी अस्पताल अनुगमन गरेपछि चासो व्यक्त गर्दै आयोगले सच्याउन निर्देशन दिएको हो। सो क्रममा सरकारको पछिल्लो निर्णय संविधान र जन स्वास्थ्य ऐन विपरीत भएको आयोगको ठहर छ।

‘नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यवाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने हक, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवावाट बञ्चित नगरिने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हकको सुनिश्चितता गरेको छ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा (२) ख मा सरुवा रोगको उपचारसबन्धि आधारभूत सेवा निःशुल्करुपमा प्राप्त हुने व्यवस्था गरिएको छ।’

संविधान तथा ऐनका यी व्यवस्था विपरीत कोभिड-१९ जस्तो विश्वव्यापी महामारीको आक्रान्त नागरिकहरूको उपचारबाट पन्छिएर राज्य नागरिकको स्वास्थ्य सबन्धी हकको सुनिश्चितता गर्ने दायित्ववाट विमुख हुन नमिल्ने आयोगको भनाइ छ।

यस जटिल परिस्थितिमा कोभिड-१९ वाट संक्रमित बिरामीहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न र कोभिड-१९ वाट मृत्यु भएकाहरूको शव व्यवस्थापन गरी नागरिकको संविधानप्रदत्त स्वास्थ्यसम्बन्धि हकको सुनिश्चितता गर्न आयोगले सरकारलाई आग्रह गरेको छ।

"> मानवअधिकार आयोगले भन्यो - संविधान प्रदत्त निःशुल्क स्वास्थ्यको हक नखोस: Dekhapadhi
मानवअधिकार आयोगले भन्यो - संविधान प्रदत्त निःशुल्क स्वास्थ्यको हक नखोस
काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले संविधानले दिएको आधारभूत स्वास्थ्यको अधिकारविपरीत  कोरोना संक्रमितको निःशुल्क उपचार तथा शव व्यवस्थापन नगर्ने सरकारको निर्णय अनुचित भएको भन्दै सच्याउन निर्देशन दिएको छ।

कोभिड-१९ का बिरामीको निःशुल्क उपचार र शव व्यवस्थापन नगर्ने भन्ने समाचार प्रकाशित भएका तथा केही सरकारी अस्पताल अनुगमन गरेपछि चासो व्यक्त गर्दै आयोगले सच्याउन निर्देशन दिएको हो। सो क्रममा सरकारको पछिल्लो निर्णय संविधान र जन स्वास्थ्य ऐन विपरीत भएको आयोगको ठहर छ।

‘नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यवाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने हक, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवावाट बञ्चित नगरिने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हकको सुनिश्चितता गरेको छ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा (२) ख मा सरुवा रोगको उपचारसबन्धि आधारभूत सेवा निःशुल्करुपमा प्राप्त हुने व्यवस्था गरिएको छ।’

संविधान तथा ऐनका यी व्यवस्था विपरीत कोभिड-१९ जस्तो विश्वव्यापी महामारीको आक्रान्त नागरिकहरूको उपचारबाट पन्छिएर राज्य नागरिकको स्वास्थ्य सबन्धी हकको सुनिश्चितता गर्ने दायित्ववाट विमुख हुन नमिल्ने आयोगको भनाइ छ।

यस जटिल परिस्थितिमा कोभिड-१९ वाट संक्रमित बिरामीहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न र कोभिड-१९ वाट मृत्यु भएकाहरूको शव व्यवस्थापन गरी नागरिकको संविधानप्रदत्त स्वास्थ्यसम्बन्धि हकको सुनिश्चितता गर्न आयोगले सरकारलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्