विश्वमा कोभिड-१९: संक्रमणमुक्त हुनेको संख्या तीन करोड नाघ्यो
काठमाडौं। विश्वमा कोरोना संक्रमणमुक्त हुनेको संख्या तीन करोड नाघेको छ।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म तीन करोड तीन लाख ३९ हजार ७५० जना संक्रमणमुक्त भएका छन्।

यस्तै विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या चार करोड ६ लाख २८ हजार ९३३ पुगेको छ।

पछिल्लो २४ घण्टामा तीन लाख ३२ हजार १४१ संक्रमित थपिएका हुन्।

कोभिड-१९ बाट विश्वमा मृत्यु हुनेको संख्या ११ लाख २२ हजार ७३४ पुगेको छ।

पछिल्लाे २४ घण्टामा थप चार हजार ३६५ जनाकाे मृत्यु भएकाे हाे।

विश्वमा सक्रिय संक्रमितको संख्या ९१ लाख ६६ हजार ४४९ छ। त्यसमध्ये ७२ हजार ६५२ जना गम्भीर अवस्थाका छन्।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ८४ लाख ५० हजार २८६ पुगेको छ।

भारतमा संक्रमितको संख्या ७५ लाख ९४ हजार ७३६ पुगेको छ भने ब्राजिलमा ५२ लाख ५१ हजार १२७ छ।

प्रतिक्रिया दिनुहोस्