काठमाडौँ। काठमाडौँ महानगरपालिका-७ स्थित चाबहिल क्षेत्रको एक चिहान हाल बाक्लो बस्तीभित्र पर्छ। केही वर्षअघि चिहान क्षेत्रमा शव लगेर जलाउने विषयमा स्थानीयसँग विवाद पनि परेको थियो।
सो चिहान क्षेत्रमा पिगं देप भनी मान्ने परम्परा पनि रहिआएको छ। उक्त देपको निर्माणका लागि अग्रसर रहेको छ, चाःबही पिगंद्यः संरक्षण समिति।
पिगंद्यः भनेको पुरानो नेवाः बस्तीको प्रायः बाहिर रहने पीठ देवता हो। प्राचीन सहरको बाहिर यस्ता पिगंद्यः स्थानमा विभिन्न अवसरमा कुलपूजा हुने चलन नेवाः समुदायमा छ।
चाःबही पिगंद्यः संरक्षण समितिले त्यस क्षेत्रमा चिहान निर्माण गर्नका लागि तथा चलिआएको धर्म, संस्कृतिलाई निरन्तरता दिनका लागि श्रमदान आह्वान गरेको छ।
मङ्गलबार बिहान ९ बजे चारुमती विहार परिसरमा भेला भई उक्त पिगं देप (चिहान) क्षेत्रमा पुगी निर्माण कार्यमा श्रमदान दिन आह्वान गरिएको समितिले जनाएको छ।
" /> काठमाडौँ। काठमाडौँ महानगरपालिका-७ स्थित चाबहिल क्षेत्रको एक चिहान हाल बाक्लो बस्तीभित्र पर्छ। केही वर्षअघि चिहान क्षेत्रमा शव लगेर जलाउने विषयमा स्थानीयसँग विवाद पनि परेको थियो।सो चिहान क्षेत्रमा पिगं देप भनी मान्ने परम्परा पनि रहिआएको छ। उक्त देपको निर्माणका लागि अग्रसर रहेको छ, चाःबही पिगंद्यः संरक्षण समिति।

">