विश्वमा कोभिड-१९: संक्रमितको संख्या चार करोड नाघ्यो
काठमाडौं। विश्वमा कोरोना संक्रमितको संख्या चार करोड नाघेको छ।

हालसम्म कोरोना संक्रमितको संख्या चार करोड दुई लाख ६४ हजार २१८ पुगेको छ।

पछिल्लो २४ घण्टामा तीन लाख २४ हजार ९२६ संक्रमित थपिएका हुन्।

कोभिड-१९ बाट विश्वमा मृत्यु हुनेको संख्या ११ लाख १८ हजार १६७ पुगेको छ।

पछिल्लाे २४ घण्टामा थप तीन हजार ९७१ जनाकाे मृत्यु भएकाे हाे।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म तीन करोड एक लाख ८ हजार ४८१ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ९० लाख ३८ हजार २० छ। त्यसमध्ये ७१ हजार ९७२ जना गम्भीर अवस्थाका छन्।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ८३ लाख ८७ हजार ७९८ पुगेको छ।

भारतमा संक्रमितको संख्या ७५ लाख ४८ हजार २३८ पुगेको छ भने ब्राजिलमा ५२ लाख ३५ हजार ३४४ छ।

प्रतिक्रिया दिनुहोस्