धनुषा। प्रदेश २ को आज बसेको प्रदेशसभा बैठकले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक पारित गरेको छ।
सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रस्ताव गरेको सोसम्बन्धी विधेयक सर्वसम्मतबाट पारित भएको हो।
विधेयक पारित भएसँगै प्रदेश २ सरकारलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बाटो खुलेको छ।
विधेयकमा हालको प्रादेशिक अस्पताल जनकपुरधामलाई प्रतिष्ठानअन्तर्गत राखिने छ। प्रादेशिक अस्पताललाई विस्तार गरी सो अवधारणा लागू गरिने बताइएको छ। रासस
" /> धनुषा। प्रदेश २ को आज बसेको प्रदेशसभा बैठकले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक पारित गरेको छ।सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रस्ताव गरेको सोसम्बन्धी विधेयक सर्वसम्मतबाट पारित भएको हो।

">