कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु
<p>काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। </p>
<p>गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत उनीहरूको मृत्यु् भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। </p>
<p>यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७३९ पुगेको छ।</p>
<p>गत २४ घण्टामा थप दुई हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ३२ हजार २४६ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
