२,९४२ नयाँ सङ्क्रमित थपिए
<p>काठमाडौँ। गत २४ घण्टामा २,९४२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। </p>
<p>स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आइतबारको राष्ट्रिय अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कूल १४ हजार ८७५ जनाको पीसीआर परीक्षण गरिएको थियो। </p>
<p>यससँगै नेपालमा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या १ लाख ३२ हजार २४६ पुगेको छ। </p>
प्रतिक्रिया दिनुहोस्
