गण्डकीमा पाँच हजार ६८५ सङ्क्रमित
<p>काठमाडौं। गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ६८५ पुगेको छ। प्रदेशमा आज थप ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ।</p>
<p>सङ्क्रमित सबैको आइसोलेसनको व्यवस्थापनको तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्मालाई उद्धृत गर्दै राससले जनाएको छ।</p>
<p>प्रदेशमा हालसम्म ८० हजार ३९० जनाको कोरोना परीक्षण गरिएको छ। कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४८८ जना निको भएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
