नबिल बैंकका सीईओ शाहलाई कोरोना संक्रमण <p>काठमाडौं। बैंकर अनिलकेशरी शाहलाई कोरोना संक्रमण पुष्टि&nbsp;भएको छ।</p> <p>नबिल बैंकका कार्यकारी प्रमुख शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।</p> <p>&ldquo;बुधबारदेखि गन्ध आउन छाडेपछि कोरोना परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको थियो। गन्ध आउन छाडेकाले डक्टरहरूले मलाई आइसोलेसनमा बस्नु भनेका थिए&rdquo;, उनले लेखेका छन्, &ldquo;हिजो दोस्रोपटक कोभिड-१९ परीक्षण गर्दा नतिजा पोजिटिभ आयो।&rdquo;</p> <p>उनले गन्ध थाहा नपाउनुबाहेक अन्य कुनै लक्षण आफूमा नरहेको जानकारी दिएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्