बाँके। भेरी अस्पताल नेपालगञ्जमा बर्दियाको ठाकुरबाबा-६ का कोरोना संक्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ।
उनलाई गत १४ असोजमा कोहलपुर कलेजमा उपचारका लागि ल्याइएकोमा १६ गते कोरोना पुष्टि भएको थियो।
स्वास्थ्य अवस्था बिग्रदै गएपछि ती पुरुषलाई गत २७ असोजमा भेरी अस्पतालमा पठाइएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार यससँगै कोरोना संक्रमण भएर बाहिरी जिल्ललाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको १४ पुगेको छ। रासस
" /> बाँके। भेरी अस्पताल नेपालगञ्जमा बर्दियाको ठाकुरबाबा-६ का कोरोना संक्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ।उनलाई गत १४ असोजमा कोहलपुर कलेजमा उपचारका लागि ल्याइएकोमा १६ गते कोरोना पुष्टि भएको थियो।

">