कावासोती। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा पीसीआर मेसिन ल्याइएको छ। हिजो अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण गरिएको हो।
मेसिन सञ्चालनमा आउन भने अझै एक महीना लाग्ने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागार्इँले बताए। पूर्वाधार र जनशक्तिको व्यवस्थापन गर्नुपर्ने भएकाले मेसिन सञ्चालन गरी स्वाब परीक्षण गर्न करिब समय लाग्ने भएको हो।
सांसद तिलक महतले जिल्ला अस्पतालका व्यवस्थापन समिति अध्यक्ष गोपाल खनाललाई मेसिन हस्तान्तरण गरे। स्वास्थ्य मन्त्रालयले मेसिनसँगै परीक्षण किट र आवश्यक अन्य स्वास्थ्य सामग्री पठाउको छ। करिब एक करोड बराबरको मेसिन र सामग्री उपलब्ध भएको सांसद महतले जानकारी दिए। रासस
" /> कावासोती। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा पीसीआर मेसिन ल्याइएको छ। हिजो अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण गरिएको हो।मेसिन सञ्चालनमा आउन भने अझै एक महीना लाग्ने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागार्इँले बताए। पूर्वाधार र जनशक्तिको व्यवस्थापन गर्नुपर्ने भएकाले मेसिन सञ्चालन गरी स्वाब परीक्षण गर्न करिब समय लाग्ने भएको हो।

">