विश्वमा कोभिड-१९: संक्रमितको संख्या चार करोड नजिक

काठमाडौं। विश्वमा कोरोना संक्रमितको संख्या चार करोड नजिक पुगेकाे छ।

हालसम्म कोरोना संक्रमितको संख्या तीन करोड ९९ लाख ३७ हजार ६५ पुगेको हाे।

पछिल्लो २४ घण्टामा तीन लाख ७० हजार ६२० संक्रमित थपिएका हुन्।

कोभिड-१९ बाट विश्वमा मृत्यु हुनेको संख्या ११ लाख १४ हजार १८३ पुगेको छ।

पछिल्लाे २४ घण्टामा थप पाँच हजार ५५४ जनाकाे मृत्यु भएकाे हाे।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ९८ लाख ७९ हजार ४८१ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ८९ लाख ४३ हजार ४०१ छ। त्यसमध्ये ७१ हजार ९३३ जना गम्भीर अवस्थाका छन्।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ८३ लाख ४१ हजार ८३६ पुगेको छ।

भारतमा संक्रमितको संख्या ७४ लाख ९२ हजार ७२७ पुगेको छ भने ब्राजिलमा ५२ लाख २४ हजार ३६२ छ।

प्रतिक्रिया दिनुहोस्