काठमाडौँ। पशुपति क्षेत्र विकास कोष मातहत रहेको गुह्येश्वरी मन्दिरमा कोषलाई नै नित्य पूजा गर्न मन्दिर व्यवस्थापन समिति र पुजारीले रोक लगाएको कोषले जनाएको छ। कोषले प्रत्येक वर्ष घटस्थापनाका दिन गुह्येश्वरी मन्दिरमा विशेष पूजा गर्ने परम्परा थियो।
कोषका तर्फबाट आज बिहान पूजा गर्न गएका पुजारीलगायत कर्मचारीलाई व्यवस्थापन समिति, पुजारीद्वय जैन कर्माचार्य र रामकृष्ण डंगोलले पूजा गर्न नदिएको कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिएका छन्।
गुह्येश्वरी मन्दिर क्षेत्रमा रहेका सुनको परिमाणबारे व्यवस्थापन समितिलाई स्पष्टीकरण सोधिएकाले पूजा गर्न नदिइएको उनले आरोप लगाएका छन्। समितिले चित्तबुझ्दो उत्तर नदिएकाले थप छानबिन गर्ने तयारी गरिएको कोषले जनाएको छ। समितिले भने मन्दिरमा पञ्चामृत, अण्डा र जाँडरक्सी चढाउँदा सुन खिइएको जिकिर गर्दै यससम्बन्धी स्पष्टीकरण कोषलाई बुझाइसकिएको जनाएको छ।
गुह्येश्वरी क्षेत्र र चाबहिल क्षेत्रका मठमन्दिर कोष मातहत आउन सकेका छैनन्। यस कारण ती मठमन्दिर र त्यससँगैको सार्वजनिक जग्गामा अनियमितता भएको स्थानीयवासीको गुनासो छ। कोषका सदस्य सचिव डा. प्रदीप ढकाल पशुपति क्षेत्रका सबै मठमन्दिर कोष मातहत नै ल्याउने तयारी भएको बताउँछन्।
रासस
" /> काठमाडौँ। पशुपति क्षेत्र विकास कोष मातहत रहेको गुह्येश्वरी मन्दिरमा कोषलाई नै नित्य पूजा गर्न मन्दिर व्यवस्थापन समिति र पुजारीले रोक लगाएको कोषले जनाएको छ। कोषले प्रत्येक वर्ष घटस्थापनाका दिन गुह्येश्वरी मन्दिरमा विशेष पूजा गर्ने परम्परा थियो।कोषका तर्फबाट आज बिहान पूजा गर्न गएका पुजारीलगायत कर्मचारीलाई व्यवस्थापन समिति, पुजारीद्वय जैन कर्माचार्य र रामकृष्ण डंगोलले पूजा गर्न नदिएको कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिएका छन्।

">