फिलीप मेजुएबाट फिलिप महेश बनेर नेपालमै रत्तिएका फ्रान्सेली स‌ंगीतकार। तस्वीर: विनिता मरहट्टा।
ऐश आरामको जीन्दगी छोडेर मनमौजी बन्न सजिलो थिएन । दैनिक खर्चदेखि पढ्नेसम्मको सबै आफैंले जोरजाम गर्नुपथ्र्यो । सानोतिनो जस्तो भए पनि उनले भेटे जति काम गर्न थाले । आफूले चाहेको विषय ‘लिङ्ग्वीस्टिक’ पढ्न थाले । यो अध्ययन विद्यावारिधीसम्म पुग्यो तर पुरा भएन ।
मनभित्र त संगीतकै भूत सवार थियो।
परिणाम, सिनेमा, रंगमञ्च, नृत्य, संगीतले उनको जीवन रंगीन बनाउँदै लग्यो । ‘टियूएन’ नामको रंगमञ्च समूह बनाए । सेक्सपियरको नाटक ‘द नाइट अफ द किंग’ मा अभिनय गरे । अरु थुप्रै नाटक निर्देशन पनि गरे । ज्याज, ब्राजिलियन लगायतका संगीतका थुप्रै विधाको स्वाद चाख्दै हिँड्न थाले ।
काम गर्दै जाने क्रममा फ्रान्सको साँस्कृतिक टेलिभिजन च्यानलमा काम गरे । यो कामले उनलाई थुप्रै चलचित्र निर्देशक र कलाकारसँग भेटायो ।
त्यति नै बेला फ्रान्सको न्याय मन्त्रालयमा संचार अधिकृतको रुपमा काम गर्दै थिए । जीवन धान्नको लागि कमाइ गर्ने काम र रहर पुरा गर्न कलाकारिता चलिरहेको थियो । त्यहिबेला एउटा यात्राले उनको जीवनलाई नयाँ कुइनेटो दियो । पुर्‍यायो संगीत सयरमा ।
सन् १९८५ मा पेरिसमा एउटा सांगितिक कार्यक्रम भयो । भारतीय शास्त्रीय संगीतको प्रस्तुति थियो त्यो । संगीतमा भारतीय शास्त्रीय संगीतले वर्तमान भारतको मात्र नभई समग्र दक्षिण एसियाली संगीत परम्परा जनाउँछ।
त्यो प्रस्तुतीमा दक्षिण भारतका कलाकार वेणु देवले उनको मन हरे । देवले दक्षिण भारतको प्रसिद्ध शास्त्रीय संगीत कर्नाटक संगीत गाएका थिए ।
फिलिपको निम्ति यो नौलो स्वाद थियो । वर्षौंदेखिको अन्जान प्यास एकैबाजी चिन्न पाएजस्तो भयो उनलाई।
यही स्वादले वेणुसँग नजिक बनायो । फ्रान्समै बढेको संगतले डोर्‍याएर फिलिप दक्षिण भारतसम्म पुगे । र हिन्दुस्तानी संगीतको अध्ययनमा लागे । त्यहीँ क्रममा थपिदिएका थिए वेणुले उनको नाम-महेश।
भारतीय संगीतको ज्ञानले उनलाई यही नामसँग जोडेर नयाँ परिचय दियो-फिलिप महेश।
नाम मात्र होइन आवतजावतले नै उनी पक्का भारतीय बन्नपुगे।
दक्षिण भारतका अरु संगीतकारसँग भेट्ने र अध्ययन गर्ने सिलसिला चलिरह्यो।
यही सिलसिलाले उनलाई बनारस पुर्‍यायो । त्यहाँ उनले अर्को खजाना भेट्टाए । त्यो थियो – ध्रुपद ।
ध्रुपदले उनलाई झण्डै बिर्सिसकेको ग्रेगोरियन च्यान्ट सम्झाइदियो ।
भन्छन्, “यी दुवै संगीत अध्यात्मसँग जोडिन्छन् । त्यसैले दुइको लिंक खोज्न थालेँ ।”
फिलिपले पत्ता लगाए, ग्रेगोरियन च्यान्टको ‘मोड्स’ र हिन्दुस्तानी शास्त्रीय संगीतको ‘मुच्र्छना’ पद्धती यी दुई संगीतबीचको प्रमुख समानता हो ।
त्यसपछि फिलिप यी दुई संगीतलाई जोड्न तर्पm लागे । उनलाई सघाउन आइपुगे नेपाली गायक तथा संगीतकार बैकुण्ठ अधिकारी।
बनारसमै संगीत अध्ययनमा थिए अधिकारी । त्यहीँ भेटे फिलिपले । यी दुई मिलेर फ्रान्सका चपेलहरुमा यी दुई संगीतको योग रेकर्ड गरे ।
गत वर्ष यो फ्युजन संगीतको एल्बम फ्रान्समै सार्वजनिक पनि भइसकेको छ । जसको नाम दिइएको छ – ग्रेगोरियन गीता ।
ग्रेगोरियन गीताको निर्माण क्रममा यी दुई संगीत साधकले पत्ता लगाएको अर्को महत्वपूर्ण आविष्कार हो– चपेलहरुको ध्वनी विशेषता । “अहिले प्रयोग भएका डिजिटल ध्वनि पद्धती आठौँ देखि बाह्रौँ शताब्दीमा बनेका चपेलहरुमै पाइयो”, अधिकारी भन्छन् ।
उतिबेला बनेका चपेलहरुमा स्टेजबाट बोलेको अवाज सुन्नलाई कुनै स्पिकरको जरुरत नपर्ने रहेछ । चपेलको निर्माण गर्दा नै अगाडिको आवाज पछाडिसम्म समान रुपमा सुनिने पद्धती अपनाइएको रहेछ । फ्रान्सका विभिन्न गाउँमा पुगेर ती पुराना चपेलहरुमा रेकर्ड गरिएका पाश्चात्य र हिन्दुस्तानी क्लासिकल संगीतको फ्युजन ‘ग्रेगोरियन गीता’मा समावेश छन् ।
संगीतमा मात्र सिमित छैनन् फिलिप। उनी दक्षिणी फ्रान्सको ऐतिहासिक गाउँ एगमोत्र्समा ‘पेनितँ’ नामको ‘कोयर’ (संगीत समूह) का निर्देशक पनि हुन् । जसले विभिन्न ठाउँमा सांगितिक अध्ययन गर्नुको साथै प्रस्तुतीहरु दिने गर्छ ।
सन् १८८० देखि १९२० सम्मका पाश्चात्य शास्त्रीय संगीत उत्कृष्ट लाग्छन् उनलाई । त्यतिबेलाका शास्त्रीय संगीतकारहरु ‘देवासी’, ‘फोरे’, ‘साती’, ‘डिन्डी’लाई उनी धेरै सुन्थे । यी सर्जकहरुले त्यो समयलाई साँच्चै नै सिर्जनाको युग बनाएको ठान्छन् उनी । यसपछिको समयलाई ‘एन्ड अफ कम्पोजिङ क्लासिकल म्युजिक’ भन्छन् ।
त्यही समयलाई ब्युँताउँदै नौलो स्वाद पस्किने जमर्कोमा कुदिरहन्छन्, फ्रान्स, नेपाल र भारत । सन् २०१४ देखि हरेक वर्ष जसो नेपाल आउँछन्, काम गर्नको लागि मात्र । केहि संगीत यहि आएर तयार गर्छन् । भारतीयको तुलनामा नेपालीहरुसँग उनलाई सहज महसुस हुने बताउँछन् ।
“सिर्जनात्मक काम गर्न र ध्यान गर्नको लागि नेपाल उपयुक्त ठाउँ हो”, गान्धी चश्माको फ्रेम माथिबाट आँखा पिलिक्क पार्दै भन्छन् उनी, “यहाँ आएपछि संगीतको र लेखनको गहिराइमा पुग्छु ।”
हो त, लेखक पनि हुन् उनी ।
विश्वविद्यालय जानु अघि नै उनले साहित्य र विज्ञान दुवैलाई सकेजति राम्रोसँग अध्ययन गर्ने प्रयास गरेका थिए। ‘मार्सेल प्रुस्ट’, ‘ल क्लेजिओ’ लगायतका फ्रेन्च लेखकहरुका पुस्तक त्यतिबेलै पढेको सुनाउँछन् उनी। आफ्नो युगका चर्चित फ्रान्सेली लेखक  हुन् यी।
यी बाहेक ग्रिक, ल्याटिन र रुसी साहित्यको स्वाद पनि चाखेको सुनाउँछन्। अहिले संस्कृत उनको रुचीको विषय बनेको छ । आफैँ पनि उपन्यास लेख्न थाले । पढ्ने मात्र होइन लेख्छन् पनि। उनका चार पुस्तक प्रकाशनको तयारीमा छन्।
सबैभन्दा रोचक त उनको जीवन छ। कलाको मोहले उनलाई यस्तरी समात्यो, जीवनमा विवाह र परिवार घुस्नै दिएनन्।
काठमाडौं बालाजुको सानो कोठामा बस्छन् उनी। कोठाको कुनामा छन् गणेश र सरस्वतीका स-साना मुर्तिहरू। अगाडि सिसाको गिलासमा छ एक थुंगा सयपत्री । त्यसअघि छ तानपुरा । होचो तर फराकिलो ‘रिडिङ टेबल’ मा छ ल्यापटप। नजिकै गएर हेर्दा दखिन्छ, संगीत नोटेशनहरु बनिरहेको।
कोठा अगाडी पंक्तिबद्ध सजिएका छन् फूलका गमला।
कोठाभित्र आइरेको छ धुपको मगमग बास्ना। कडा दुध चियासँगै यहि माहौलमा संगीतकोे गहिराइमा चुर्लुम्म डुबिरहन्छन्, फिलिप हरेक दिन। पोखरा, मुक्तिनाथ र अरु गाउँहरु डुलेर आउँदा झनै आनन्दित हुन्छन्। यहि वातावरणले हरेक वर्ष उनलाई यहाँ डोर्‍याइरहन्छ।
उमेरले अंक ७० लाई डाक्दै गर्दा पनि संगीतको मोहले थाक्न नदिएको बुढो शरीर अझै छोड्दैन यात्रा गर्न फ्रान्स–नेपाल–भारत।
"> संगीत सयरमा नेपाल आइपुगेका एक फ्रान्सेली : Dekhapadhi
संगीत सयरमा नेपाल आइपुगेका एक फ्रान्सेली
‘पहिला एउटा गीत गाउ, खान दिउँला ।’
हरेक छाक खाना खानुअघि भनिन्थ्यो उनलाई । आमाले एकजना महिलाकोमा छोडेर गएकी थिइन् । माया गर्थिन् । गर्थिन् स्याहार । र, हरेक छाक खानुअघि मायाले नै भन्थिन्, ‘पहिले एउटा गीत गाउ ।’
“हो, त्यहीँबाट हो संगीतप्रति मेरो रुची बढेको”, सम्झिन्छन् फिलिप ।
यही रुचीले उनलाई फिलीप मेजुएबाट फिलिप महेश बनाएको छ । र, एक फार्मेसिस्टबाट शास्त्रीय संगीतका ज्ञाता । त्यो पनि युरोपेली र हिन्दुस्तानी शास्त्रीय संगीतको।
सन् १९४५ । दोस्रो विश्वयुद्धले गाँजेको विश्व । युद्धको कालो बादलमुनि जन्मिए उनी फ्रान्सको ‘फन्टेन ब्लु’ शहरमा, अविवाहित आमाको कोखबाट । सैनिक थिइन् आमा । देश युद्धमा थियो । युद्धमा जानैपर्ने र देशका लागि लड्नैपर्ने थियो । त्यसैले पश्चिमी फ्रान्सको ‘ब्रिटनी’ गाउँमा तिनै महिलाको जिम्मामा छोरा छोडेर लागिन् युद्ध मैदानतिर।
तिनै महिलासँग बित्यो फिलिपको जीवन । उनैले चखाइदिइन् संगीतको स्वाद । त्यो स्वाद सायद बसेको थियो स्मृतिको गर्भमा । त्यसैले बनाइदियो फिलिपलाई महेश । तर भनेजस्तो सहज थिएन उनको जीवन । संगीतको कुइनेटोभन्दा पहिले आइपुगे अन्य कुइनेटाहररू।
युद्ध सकियो । आमा सकुशल फर्किइन् । एउटा धनी डाक्टरसँग बिहे गरिन् । फिलिप पनि आमासँगै पुगे बुवाको घरमा ।
स्कुल जान थाले । स्कुलमै सिकाइन्थ्यो औपचारिक संगीत । सिके पियानो, गितार र युरोपेली बाँसुरी । स्कुलमा फादरहरुले अध्यात्म जोडिएको पाश्चात्य शास्त्रीय संगीत ‘ग्रेग्रोरियन च्यान्ट’ (भजन) सिकाउँथे ।
संगीत सयर यात्रामा यो अर्को बिज भएको सुनाउँछन् फिलिप । तर जिन्दगीले परिक्षा लिन त बाँकी नै थियो ।
धनी परिवारमा हुर्किए । आमा चाहन्थिन् छोराले पनि प्रशस्त धन कमाओस् । डाक्टर बाउको अफ्रिकामा ठूलो फार्मेसी थियो । त्यही क्षेत्र समाओस् भनेर रसायनशास्त्र पढाइयो उनलाई ।
पढाई सकेर उनले तीन वर्ष फार्मेसीमा बिताए । तर टिक्न सकेनन् ।
“त्यतिबेला मलाई महसुस भयो, यो मेरो जीवन होइन । मेरो चाहना यो भन्दा निकै फरक छ”, सुनाउँछन् फिलिप ।
आफ्नो र आमाको चाहनाले मेल नखाएपछि उनले घर छोडे।
बाबु भने अलि लचिला थिए । आफ्नो तबेलामा काम दिए । तीन वर्ष घोडेदौडमा घोडा कुदाउने जकी बने उनी । त्यो पनि चित्त नबुझेपछि फर्किए फ्रान्स । लागे विश्वविद्यालयतिर ।
ऐश आरामको जीन्दगी छोडेर मनमौजी बन्न सजिलो थिएन । दैनिक खर्चदेखि पढ्नेसम्मको सबै आफैंले जोरजाम गर्नुपथ्र्यो । सानोतिनो जस्तो भए पनि उनले भेटे जति काम गर्न थाले । आफूले चाहेको विषय ‘लिङ्ग्वीस्टिक’ पढ्न थाले । यो अध्ययन विद्यावारिधीसम्म पुग्यो तर पुरा भएन ।
मनभित्र त संगीतकै भूत सवार थियो।
परिणाम, सिनेमा, रंगमञ्च, नृत्य, संगीतले उनको जीवन रंगीन बनाउँदै लग्यो । ‘टियूएन’ नामको रंगमञ्च समूह बनाए । सेक्सपियरको नाटक ‘द नाइट अफ द किंग’ मा अभिनय गरे । अरु थुप्रै नाटक निर्देशन पनि गरे । ज्याज, ब्राजिलियन लगायतका संगीतका थुप्रै विधाको स्वाद चाख्दै हिँड्न थाले ।
काम गर्दै जाने क्रममा फ्रान्सको साँस्कृतिक टेलिभिजन च्यानलमा काम गरे । यो कामले उनलाई थुप्रै चलचित्र निर्देशक र कलाकारसँग भेटायो ।
सन् १९८५ मा पेरिसमा एउटा सांगितिक कार्यक्रम भयो । भारतीय शास्त्रीय संगीतको प्रस्तुति थियो त्यो । संगीतमा भारतीय शास्त्रीय संगीतले वर्तमान भारतको मात्र नभई समग्र दक्षिण एसियाली संगीत परम्परा जनाउँछ।
त्यो प्रस्तुतीमा दक्षिण भारतका कलाकार वेणु देवले उनको मन हरे । देवले दक्षिण भारतको प्रसिद्ध शास्त्रीय संगीत कर्नाटक संगीत गाएका थिए ।
फिलिपको निम्ति यो नौलो स्वाद थियो । वर्षौंदेखिको अन्जान प्यास एकैबाजी चिन्न पाएजस्तो भयो उनलाई।
भारतीय संगीतको ज्ञानले उनलाई यही नामसँग जोडेर नयाँ परिचय दियो-फिलिप महेश।
नाम मात्र होइन आवतजावतले नै उनी पक्का भारतीय बन्नपुगे।
दक्षिण भारतका अरु संगीतकारसँग भेट्ने र अध्ययन गर्ने सिलसिला चलिरह्यो।
ध्रुपदले उनलाई झण्डै बिर्सिसकेको ग्रेगोरियन च्यान्ट सम्झाइदियो ।
भन्छन्, “यी दुवै संगीत अध्यात्मसँग जोडिन्छन् । त्यसैले दुइको लिंक खोज्न थालेँ ।”
फिलिपले पत्ता लगाए, ग्रेगोरियन च्यान्टको ‘मोड्स’ र हिन्दुस्तानी शास्त्रीय संगीतको ‘मुच्र्छना’ पद्धती यी दुई संगीतबीचको प्रमुख समानता हो ।
त्यसपछि फिलिप यी दुई संगीतलाई जोड्न तर्पm लागे । उनलाई सघाउन आइपुगे नेपाली गायक तथा संगीतकार बैकुण्ठ अधिकारी।
बनारसमै संगीत अध्ययनमा थिए अधिकारी । त्यहीँ भेटे फिलिपले । यी दुई मिलेर फ्रान्सका चपेलहरुमा यी दुई संगीतको योग रेकर्ड गरे ।
गत वर्ष यो फ्युजन संगीतको एल्बम फ्रान्समै सार्वजनिक पनि भइसकेको छ । जसको नाम दिइएको छ – ग्रेगोरियन गीता ।
ग्रेगोरियन गीताको निर्माण क्रममा यी दुई संगीत साधकले पत्ता लगाएको अर्को महत्वपूर्ण आविष्कार हो– चपेलहरुको ध्वनी विशेषता । “अहिले प्रयोग भएका डिजिटल ध्वनि पद्धती आठौँ देखि बाह्रौँ शताब्दीमा बनेका चपेलहरुमै पाइयो”, अधिकारी भन्छन् ।
उतिबेला बनेका चपेलहरुमा स्टेजबाट बोलेको अवाज सुन्नलाई कुनै स्पिकरको जरुरत नपर्ने रहेछ । चपेलको निर्माण गर्दा नै अगाडिको आवाज पछाडिसम्म समान रुपमा सुनिने पद्धती अपनाइएको रहेछ । फ्रान्सका विभिन्न गाउँमा पुगेर ती पुराना चपेलहरुमा रेकर्ड गरिएका पाश्चात्य र हिन्दुस्तानी क्लासिकल संगीतको फ्युजन ‘ग्रेगोरियन गीता’मा समावेश छन् ।
संगीतमा मात्र सिमित छैनन् फिलिप। उनी दक्षिणी फ्रान्सको ऐतिहासिक गाउँ एगमोत्र्समा ‘पेनितँ’ नामको ‘कोयर’ (संगीत समूह) का निर्देशक पनि हुन् । जसले विभिन्न ठाउँमा सांगितिक अध्ययन गर्नुको साथै प्रस्तुतीहरु दिने गर्छ ।
सन् १८८० देखि १९२० सम्मका पाश्चात्य शास्त्रीय संगीत उत्कृष्ट लाग्छन् उनलाई । त्यतिबेलाका शास्त्रीय संगीतकारहरु ‘देवासी’, ‘फोरे’, ‘साती’, ‘डिन्डी’लाई उनी धेरै सुन्थे । यी सर्जकहरुले त्यो समयलाई साँच्चै नै सिर्जनाको युग बनाएको ठान्छन् उनी । यसपछिको समयलाई ‘एन्ड अफ कम्पोजिङ क्लासिकल म्युजिक’ भन्छन् ।
त्यही समयलाई ब्युँताउँदै नौलो स्वाद पस्किने जमर्कोमा कुदिरहन्छन्, फ्रान्स, नेपाल र भारत । सन् २०१४ देखि हरेक वर्ष जसो नेपाल आउँछन्, काम गर्नको लागि मात्र । केहि संगीत यहि आएर तयार गर्छन् । भारतीयको तुलनामा नेपालीहरुसँग उनलाई सहज महसुस हुने बताउँछन् ।
“सिर्जनात्मक काम गर्न र ध्यान गर्नको लागि नेपाल उपयुक्त ठाउँ हो”, गान्धी चश्माको फ्रेम माथिबाट आँखा पिलिक्क पार्दै भन्छन् उनी, “यहाँ आएपछि संगीतको र लेखनको गहिराइमा पुग्छु ।”
हो त, लेखक पनि हुन् उनी ।
विश्वविद्यालय जानु अघि नै उनले साहित्य र विज्ञान दुवैलाई सकेजति राम्रोसँग अध्ययन गर्ने प्रयास गरेका थिए। ‘मार्सेल प्रुस्ट’, ‘ल क्लेजिओ’ लगायतका फ्रेन्च लेखकहरुका पुस्तक त्यतिबेलै पढेको सुनाउँछन् उनी। आफ्नो युगका चर्चित फ्रान्सेली लेखक  हुन् यी।
यी बाहेक ग्रिक, ल्याटिन र रुसी साहित्यको स्वाद पनि चाखेको सुनाउँछन्। अहिले संस्कृत उनको रुचीको विषय बनेको छ । आफैँ पनि उपन्यास लेख्न थाले । पढ्ने मात्र होइन लेख्छन् पनि। उनका चार पुस्तक प्रकाशनको तयारीमा छन्।
सबैभन्दा रोचक त उनको जीवन छ। कलाको मोहले उनलाई यस्तरी समात्यो, जीवनमा विवाह र परिवार घुस्नै दिएनन्।
काठमाडौं बालाजुको सानो कोठामा बस्छन् उनी। कोठाको कुनामा छन् गणेश र सरस्वतीका स-साना मुर्तिहरू। अगाडि सिसाको गिलासमा छ एक थुंगा सयपत्री । त्यसअघि छ तानपुरा । होचो तर फराकिलो ‘रिडिङ टेबल’ मा छ ल्यापटप। नजिकै गएर हेर्दा दखिन्छ, संगीत नोटेशनहरु बनिरहेको।
कोठा अगाडी पंक्तिबद्ध सजिएका छन् फूलका गमला।
उमेरले अंक ७० लाई डाक्दै गर्दा पनि संगीतको मोहले थाक्न नदिएको बुढो शरीर अझै छोड्दैन यात्रा गर्न फ्रान्स–नेपाल–भारत।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्