कैलाली। सुदूरपश्चिम प्रदेशमा शुक्रबार साँझसम्ममा सात हजार २०० कोरोना संक्रमित निको भएका छन्।
प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्ममा आठ हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सामाजिक बिकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारी अनुसार कैलालीमा तीन हजार १६८, कञ्चनपुरमा ९५५, डडेल्धुरामा ३७३, डोटीमा एक हजार १७५, जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै बैतडीमा ४५८, दार्चुलामा १९६, बाजुरामा ४५९, बझाङमा ५९६ र अछाममा एक हजार १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको महाशाखा प्रमुख कार्कीले जानकारी दिए।
यसैगरी कोरोना संक्रमण निको हुनेमा कैलालीका दुई हजार ५४३, कञ्चनपुरका ८२८, डडेल्धुरा ३२७ र डोटीका एक हजार ७८ जना रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए।
त्यस्तै बैतडीका ४०७, दार्चुला ७१, बाजुरा ४५१, बझाङ ४४९ र अछामका एक हजार ४६ जना कोरोना संक्रमणबाट निको भएका छन्।
प्रदेशभरि कोरोनाबाट मृत्यु हुनेको संख्या १९ रहेको स्वास्थ महाशाखाले जानकारी दिएको छ। जसमा कैलालीका १०, कञ्चनपुरका १, डडेल्धुराका १, बैतडीका १, बाजुराका २, बझाङका २ र अछामका २ जना रहेको महाशाखा प्रमुख कार्कीले बताए ।
त्यस्तै प्रदेशभर एक हजार ३७० जना क्वारेन्टिनमा रहेका छन् भने एक हजार २९२ जना आइसोलेसनमा रहेको प्रदेश महाशाखा प्रमुख कार्कीले बताए। उनले अहिलेसम्म प्रदेशमा ९५ हजार ६५२ जनाको पीसीआर बिधिबाट कोरोना परीक्षण गरिएको बताए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा शुक्रबार साँझसम्ममा सात हजार २०० कोरोना संक्रमित निको भएका छन्।प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्ममा आठ हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

">