विश्वमा कोभिड-१९ को नयाँ रेकर्ड: एकैदिन चार लाखभन्दा बढी संक्रमित थपिए

काठमाडौं। विश्वमा एकैदिन चार लाख १२ हजार ९०५ जना काेराेना संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै धेरै हो।

योसँगै हालसम्म संक्रमितको संख्या तीन करोड ९५ लाख ६५ हजार ९४८ पुगेको छ।

कोभिड-१९ बाट विश्वमा मृत्यु हुनेको संख्या ११ लाख ८ हजार ६१७ पुगेको छ।

पछिल्लाे २४ घण्टामा थप ६ हजार १८५ जनाकाे मृत्यु भएकाे हाे।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ९६ लाख ४८ हजार ९१५ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ८८ लाख ८ हजार ४१६ छ। त्यसमध्ये ७१ हजार ४३५ जना गम्भीर अवस्थाका छन्।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ८२ लाख ८८ हजार २७८ पुगेको छ।

भारतमा संक्रमितको संख्या ७४ लाख ३० हजार ६३५ पुगेको छ भने ब्राजिलमा ५२ लाख एक हजार ५७० छ।

प्रतिक्रिया दिनुहोस्