भक्तपुर। विश्वव्यापी महामारीको रूपमा फैलिएको काभिड–१९ को बढ्दो सङ्क्रमणका कारण दसैँमा शक्तिपीठमा भीडभाड नगर्न भक्तपुर नगरपालिकाले आह्वान गरेको छ। नवरात्रि, घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म नगरवासीलाई शक्तिपीठमा नजान अनुरोध गरिएको हो।

शुक्रबार दसैँको पूर्वसन्ध्यामा एक शुभकामना सन्देश जारी गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दसैँका अवसरमा भक्तपुरमा हुने जात्राहरू पनि औपचारिकतामा मात्र सीमित गर्ने बताएका छन्। यससँगै तलेजुमा हुने विशेष पूजालाई पनि कुनै पनि किसिमको बलि नदिई गरिने निर्णय भइसकेको पनि उनले जनाएका छन्।

उनले यस वर्ष सर्वसाधारणलाई तलेजु प्रवेश नगराई पुजारीहरूलाई मात्र प्रवेशका लागि छुट्टै अनुमतिपत्र व्यवस्था गर्ने उनले जनाएका छन्। यससँगै दसैँमा प्रत्यक्ष देवी कुमारीलाई पनि सामान्य औपचारिकतामा सीमित गर्ने र नवदुर्गा जात्रालाई पनि यसरी नै व्यवस्थित गर्न छलफल भइरहेको उनले बताएका छन्।

दसैँलाई व्यवस्थित र अनुशासित रूपमा सम्पन्न गर्न नगरपालिकाले प्रशासन, गुठी संस्थान, महानगरीय प्रहरी परिसर, उद्योग वाणिज्य संघ, साना तथा घरेलु उद्योग व्यवसायी संघ, तलेजुका पुजारीहरूसँग सल्लाहको काम गरिरहेको उनले बताएका छन्।

“देशभर दैनिक कोरोना सङ्क्रमित हुनेहरूमध्ये काठमाडौँ उपत्यकामा मात्रै ५० प्रतिशत भन्दा बढी संक्रमित भएको पाइएको छ,” शुभकामना सन्देशमा लेखिएको छ, “घना वस्ती भएको उपत्यकामा यो रूपमा कोरोना सङ्क्रमण पैmलिनु हामी कोही पनि सुरक्षित नभएको सङ्केत हो।”

नगरपालिकाले जनस्वास्थ्यलाई ध्यानमा राखी जनतालाई रोगबारे सचेत पार्न दैनिक माइकिङ तथा विभिन्न सञ्चार माध्यमबाट सूचना प्रवाह गरिरहेको छ। त्यस्तै, नगरपालिकाले घरमै एकान्तवास बस्न स्वास्थ्य सरसफाइबारे जानकारी दिने, चिकित्सकको नाम र सम्पर्क नम्बर सार्वजनिक गरेको, ब्रह्मायणीमा छुट्टै ७५ शय्याको आइसोलेसनको व्यवस्था गरेको, मनोपरामर्शदाता तथा आयुर्वेदिक चिकित्सकबाट समेत सेवा दिइरहेको नगरपालिकाले जनाएको छ।

“दसैँका बेला भीडभाड नगरी आ–आफ्नो घरमै बसेर दसैँ मनाउनुहुन सबैमा हार्दिक अपिल गर्दछौँ,” सन्देशमा भनिएको छ।

" /> भक्तपुर। विश्वव्यापी महामारीको रूपमा फैलिएको काभिड–१९ को बढ्दो सङ्क्रमणका कारण दसैँमा शक्तिपीठमा भीडभाड नगर्न भक्तपुर नगरपालिकाले आह्वान गरेको छ। नवरात्रि, घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म नगरवासीलाई शक्तिपीठमा नजान अनुरोध गरिएको हो।

शुक्रबार दसैँको पूर्वसन्ध्यामा एक शुभकामना सन्देश जारी गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दसैँका अवसरमा भक्तपुरमा हुने जात्राहरू पनि औपचारिकतामा मात्र सीमित गर्ने बताएका छन्। यससँगै तलेजुमा हुने विशेष पूजालाई पनि कुनै पनि किसिमको बलि नदिई गरिने निर्णय भइसकेको पनि उनले जनाएका छन्।

उनले यस वर्ष सर्वसाधारणलाई तलेजु प्रवेश नगराई पुजारीहरूलाई मात्र प्रवेशका लागि छुट्टै अनुमतिपत्र व्यवस्था गर्ने उनले जनाएका छन्। यससँगै दसैँमा प्रत्यक्ष देवी कुमारीलाई पनि सामान्य औपचारिकतामा सीमित गर्ने र नवदुर्गा जात्रालाई पनि यसरी नै व्यवस्थित गर्न छलफल भइरहेको उनले बताएका छन्।

दसैँलाई व्यवस्थित र अनुशासित रूपमा सम्पन्न गर्न नगरपालिकाले प्रशासन, गुठी संस्थान, महानगरीय प्रहरी परिसर, उद्योग वाणिज्य संघ, साना तथा घरेलु उद्योग व्यवसायी संघ, तलेजुका पुजारीहरूसँग सल्लाहको काम गरिरहेको उनले बताएका छन्।

“देशभर दैनिक कोरोना सङ्क्रमित हुनेहरूमध्ये काठमाडौँ उपत्यकामा मात्रै ५० प्रतिशत भन्दा बढी संक्रमित भएको पाइएको छ,” शुभकामना सन्देशमा लेखिएको छ, “घना वस्ती भएको उपत्यकामा यो रूपमा कोरोना सङ्क्रमण पैmलिनु हामी कोही पनि सुरक्षित नभएको सङ्केत हो।”

नगरपालिकाले जनस्वास्थ्यलाई ध्यानमा राखी जनतालाई रोगबारे सचेत पार्न दैनिक माइकिङ तथा विभिन्न सञ्चार माध्यमबाट सूचना प्रवाह गरिरहेको छ। त्यस्तै, नगरपालिकाले घरमै एकान्तवास बस्न स्वास्थ्य सरसफाइबारे जानकारी दिने, चिकित्सकको नाम र सम्पर्क नम्बर सार्वजनिक गरेको, ब्रह्मायणीमा छुट्टै ७५ शय्याको आइसोलेसनको व्यवस्था गरेको, मनोपरामर्शदाता तथा आयुर्वेदिक चिकित्सकबाट समेत सेवा दिइरहेको नगरपालिकाले जनाएको छ।

“दसैँका बेला भीडभाड नगरी आ–आफ्नो घरमै बसेर दसैँ मनाउनुहुन सबैमा हार्दिक अपिल गर्दछौँ,” सन्देशमा भनिएको छ।

"> कोरोना महामारीबीच दसैँमा शक्तिपीठमा भीड नगर्न भक्तपुर नगरपालिकाको आह्वान: Dekhapadhi
कोरोना महामारीबीच दसैँमा शक्तिपीठमा भीड नगर्न भक्तपुर नगरपालिकाको आह्वान
भक्तपुर। विश्वव्यापी महामारीको रूपमा फैलिएको काभिड–१९ को बढ्दो सङ्क्रमणका कारण दसैँमा शक्तिपीठमा भीडभाड नगर्न भक्तपुर नगरपालिकाले आह्वान गरेको छ। नवरात्रि, घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म नगरवासीलाई शक्तिपीठमा नजान अनुरोध गरिएको हो।

शुक्रबार दसैँको पूर्वसन्ध्यामा एक शुभकामना सन्देश जारी गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दसैँका अवसरमा भक्तपुरमा हुने जात्राहरू पनि औपचारिकतामा मात्र सीमित गर्ने बताएका छन्। यससँगै तलेजुमा हुने विशेष पूजालाई पनि कुनै पनि किसिमको बलि नदिई गरिने निर्णय भइसकेको पनि उनले जनाएका छन्।

उनले यस वर्ष सर्वसाधारणलाई तलेजु प्रवेश नगराई पुजारीहरूलाई मात्र प्रवेशका लागि छुट्टै अनुमतिपत्र व्यवस्था गर्ने उनले जनाएका छन्। यससँगै दसैँमा प्रत्यक्ष देवी कुमारीलाई पनि सामान्य औपचारिकतामा सीमित गर्ने र नवदुर्गा जात्रालाई पनि यसरी नै व्यवस्थित गर्न छलफल भइरहेको उनले बताएका छन्।

दसैँलाई व्यवस्थित र अनुशासित रूपमा सम्पन्न गर्न नगरपालिकाले प्रशासन, गुठी संस्थान, महानगरीय प्रहरी परिसर, उद्योग वाणिज्य संघ, साना तथा घरेलु उद्योग व्यवसायी संघ, तलेजुका पुजारीहरूसँग सल्लाहको काम गरिरहेको उनले बताएका छन्।

“देशभर दैनिक कोरोना सङ्क्रमित हुनेहरूमध्ये काठमाडौँ उपत्यकामा मात्रै ५० प्रतिशत भन्दा बढी संक्रमित भएको पाइएको छ,” शुभकामना सन्देशमा लेखिएको छ, “घना वस्ती भएको उपत्यकामा यो रूपमा कोरोना सङ्क्रमण पैmलिनु हामी कोही पनि सुरक्षित नभएको सङ्केत हो।”

नगरपालिकाले जनस्वास्थ्यलाई ध्यानमा राखी जनतालाई रोगबारे सचेत पार्न दैनिक माइकिङ तथा विभिन्न सञ्चार माध्यमबाट सूचना प्रवाह गरिरहेको छ। त्यस्तै, नगरपालिकाले घरमै एकान्तवास बस्न स्वास्थ्य सरसफाइबारे जानकारी दिने, चिकित्सकको नाम र सम्पर्क नम्बर सार्वजनिक गरेको, ब्रह्मायणीमा छुट्टै ७५ शय्याको आइसोलेसनको व्यवस्था गरेको, मनोपरामर्शदाता तथा आयुर्वेदिक चिकित्सकबाट समेत सेवा दिइरहेको नगरपालिकाले जनाएको छ।

“दसैँका बेला भीडभाड नगरी आ–आफ्नो घरमै बसेर दसैँ मनाउनुहुन सबैमा हार्दिक अपिल गर्दछौँ,” सन्देशमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्