भक्तपुर। कोरोना भाइरस रोकथामका लागि काम गर्न भक्तपुर नगरपालिकालाई भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले १० लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।
संस्थाका अध्यक्ष बलराम प्रजापतिको नेतृत्वमा आएको कार्यकारी समिति टोलीले उक्त रकमको चेक हस्तान्तरण गरेको हो। भक्तपुरमा कोभिड–१९ रोकथाम र नियन्त्रणमा काम गर्न नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा उक्त रकम जम्मा गरिएको हो।
भक्तपुरका नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकाको कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि भक्तपुरका विभिन्न संघसंस्थाले प्रकोप व्यवस्थापन कोषमा आर्थिक र भौतिक सहयोग गर्दै आइरहेको बताउँदै उक्त रकम नगरवासी जनताकै हितमा कोरोना रोकथामका लागि खर्च गरिने बताए।
नगरपालिकाले नगरवासी संक्रमितहरूलाई छुट्टै एकान्तवास (आइसोलेसन)को व्यवस्था गरेको बताउँदै उनले दिनानुदिन कोभिड–१९ का संक्रमितहरूको संख्या वृद्धि भइरहेको हुँदा कोरोना संक्रमणको रोकथामको लागि अझ बढी नागरिक र संघसंस्थाहरूको योगदानको आवश्यकता भएको बताए। उनले लामो प्रयासपछि प्रदेश सरकारको तर्फबाट भक्तपुर अस्पतालमा पीसीआर परीक्षण मेसिन प्राप्त भएको र अब छिट्टै सञ्चालनमा आउने जानकारी दिएका छन्।
नगरपालिकाकी उपप्रमुख रजनी जोशी र भक्तपुर–२ का वडाध्यक्ष एवं सहकारी समितिका संयोजक हरिप्रसाद वासुकलाले कोभिड–१९ महामारी रोकथामको लागि नगरपालिकाद्वारा सञ्चालित आइसोलेसन केन्द्र व्यवस्थापनको लागि गरेको सहयोग सराहनीय भएको बताएका छन्।
संस्थाका अध्यक्ष बलराम प्रजापतिले आर्थिक सहयोग हस्तान्तरण गर्दै नगरपालिकाको सहयोग आह्वानलाई सहर्ष स्वीकार गरी संस्थाको सञ्चालित समितिको बैठकले सामुदायिक विकास कोषको रकम नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग गर्ने निर्णयअनुरूप सो रकम हस्तान्तरण गरेको बताए। नगरपालिकाले गरिरहेका कामहरू पारदर्शी र जनताकेन्द्रित हुने गरेको बताउँदै अध्यक्ष प्रजापतिले कोभिड–१९ नियन्त्रणमा नगरपालिकाले उल्लेख्य कामहरूमा खुशी व्यक्त गरेका छन्।
सोही क्रममा नगर प्रमुख प्रजापतिले नगरपालिकाले हालै प्रकाशनमा ल्याएको २०७२ सालको भूकम्पबाट भत्केका र क्षति पुगेका सम्पदाहरूको संक्षिप्त विवरणसहित नगरपालिकाले हालसम्म सम्पन्न गरेका र निर्माणाधीन केही सम्पदाहरूको विवरण समेटिएको ‘सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार’ नामक फोटो पुस्तक र नगरपालिकाका केही प्रकाशनहरू अध्यक्ष प्रजापतिलाई प्रदान गरेका छन्।
" /> भक्तपुर। कोरोना भाइरस रोकथामका लागि काम गर्न भक्तपुर नगरपालिकालाई भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले १० लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।संस्थाका अध्यक्ष बलराम प्रजापतिको नेतृत्वमा आएको कार्यकारी समिति टोलीले उक्त रकमको चेक हस्तान्तरण गरेको हो। भक्तपुरमा कोभिड–१९ रोकथाम र नियन्त्रणमा काम गर्न नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा उक्त रकम जम्मा गरिएको हो।

">