चितवन। चाडपर्व नजिकिएसँगै जिल्ला भित्रने र बाहिरनेको सङ्ख्या बढ्न थालेको छ।
रोजगारीको सिलसिलामा यहाँ रहेका र अध्ययनका क्रममा जिल्ला आएकाहरू घर फर्कन सुरु गरेका छन्।
अघिल्ला वर्षमा घटस्थापना अघिनै यात्रुको चहलपहल हुने भए पनि अहिले कोरोना सङ्क्रमणका कारण गरिएको लकडाउन तथा निषेधाज्ञाले यात्रुको चाप त्यति बढेको छैन ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदीले कोरोना त्रासले यसपालि यात्रुको चाप खासै नरहेको बताएका छन्।
घरभित्रै बसेर दसैँलगायतका पर्व मनाउनुपर्ने अवस्था भएकाले यात्रुको चहलपहल नवढेको उनको भनाइ छ।
सबै रुटका गाडी भरिभराउ छैनन्, सप्तमीपछि केही चहलपहल बढ्ने आशामा व्यवसायी छन्। जिल्लामा करिब १५ हजार सार्वजनिक सवारी छन्।
नारायणगढको पुलचोक, पोखरा बसपार्क, केन्द्रीय बस टर्मिनल, चौबीसकोठी, टाँडी बजार तथा खैरहनीको पर्सा बजारमा यात्रुको केही चाप देखिन थालेको छ।
कोरोनाको त्रास बढिरहेको समयमा स्थानीय प्रशासनले सार्वजनिक सवारीसाधनमा निगरानी बढाउन थालेको छ। बढी भाडा असुल्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्ने जस्ता गतिविधि बढेको गुनासो आउन थालेपछि सार्वजनिक यातायातका सवारीसाधनमा निगरानी बढाउन थालिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले मापदण्डविपरीत सञ्चालन भएको पाइए तत्कालै जरिवाना गरिने बताएका छन्। रासस
" /> चितवन। चाडपर्व नजिकिएसँगै जिल्ला भित्रने र बाहिरनेको सङ्ख्या बढ्न थालेको छ।रोजगारीको सिलसिलामा यहाँ रहेका र अध्ययनका क्रममा जिल्ला आएकाहरू घर फर्कन सुरु गरेका छन्।

">