गण्डकीमा एक हजार ८२१ सक्रिय संक्रमित

पाेखरा। गण्डकी प्रदेशमा सक्रिय काेराेना सङ्क्रमितको संख्या एक हजार ८२१ पुगेको छ।

प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या पाँच हजार ३५६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए।

प्रदेशमा हालसम्म ७९ हजार ३०२ जनाको कोरोना परीक्षण गरिएको छ।

सङ्क्रमितमध्ये तीन हजार ४८८ जना निको भएका छन्।

प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ४७ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्